रातारात मादी नदीको बालुवा चोरी

जिल्लाको व्यास नगरपालिका अन्तर्गत विभिन्न नदीनालामा दिनहुँ नदीजन्य सामग्रीको चोरी निकासी भइरहेको छ । व्यास नगरपालिका ५ अन्र्तगत मादीको पुल मुनि रातको समयमा बालुवा, गिट्टि लगायत नदीजन्य पदार्थ निकाल्ने काम भएको पाईएको छ । नदीजन्य पदार्थको उक्त क्षेत्रमा ठेक्का नलागेपछि स्थानीय आवश्यकता पूरा गर्न तस्कर गिरोह चोरी निकासीमा सक्रिय भएका हुन् । ठेक्कामार्फत सञ्चालन हुँदै आएको मादी नदी घाट यस वर्ष ब्यास नगरपालिकाले आफैँले सञ्चालन गरेको हो ।

व्यास नगरपालिका–४, ५, ६, ७, १० अन्तर्गत पर्ने मादी नदीबाट ढुङ्गा, गिट्टी, बालुवा सङ्कलनका लागि नगरपालिका आफैँले घाट सञ्चालन गरेको र गत वर्षको भन्दा भाग बढी भएकाले तस्कारहरुले रातारात नदीमा ट्र्याक्टर लगेर खोलाबाट बालुवा र ढुङ्गा निकाल्ने काम भएको हो । अझ मादीको पुलबाट ५ सय मिटर तल र माथि नदीजन्य पर्दाथ निकाल्न नपाउने नियम भए पनि तस्करहरुले दैनिक रुपमा चोरी गदै आईरहेका छन् । बिक्री गर्न दुई पटकसम्म ३०। ३० दिने सार्वजनिक सूचना प्रकाशित गरिएकामा बोलपत्र लाग्न नसकेको भन्दै नगरपालिकाले आर्थिक ऐन २०७७ अनुसार घाट सञ्चालन गदै आएको हो ।

नदीमा ठेक्का नलागेपछि तस्करहरुले पहिलेको तुलनामा बालुवा ढुङ्गाको भाउ पनि बढाएका छन् । मादी नदीको धार परिर्वतन गर्दा थुपारिएका बालुवा तथा गिट्टिहरु दैनिक ३÷४ वटा ट्याक्टरले बालुवा चोरी गरिरहेको स्थानीयवासीले बताएका छन् । पुलको पश्चिमपट्टिको पिलरको भागमा बढी गहिरिएर जान थालेपछि पुलको अतित्व सङ्कटमा पर्दै गएकाले संरक्षण गर्न नदीको धारमा परिवर्तन गरिएको थियो । नदीमा ठेक्का नलाग्दा नगरपालिकालाई दैनिक लाखौँको घाटा भएको छ भने जथाभावी बालुवा चोरी हुँदा वर्षात्मा समस्या आउने जानकारहरुले बताएका छन् ।

अनुगमन प्रभावकारी नहुँदा पनि चोरी निकासी बढेको स्थानियहरु बताउन्छन् । त्यसैगरी व्यास र ऋषिङ जोडने सुडेपुल तल पनि दिउँसोको समयमा दैनिक नदीजन्य पदार्थ चोरी निकासी भइरहेको छ । यता प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले तस्करलाई कारबाहीको दायरामा ल्याउने दाबी गरे । उनले भने,‘हामीले रातको समयमा पनि अनुगमन गरेका छौं । बुधबार बिहान पनि दुई ट्याक्टर नियन्त्रणमा लिएर जरिवाना गराएका छौं । ’ उनले अघि भने, ‘पहिलाको तुलनामा अहिले चोरी कार्य कम भएको छ । यसलाई हामीले रोक्छौ । ’ प्रहरी सँग समन्वय गरि अनुगमन कार्यलाई तीव्रता दिएको उनको भनाई छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button