आचार संहिता पालना नगरे कार्वाही गरिनेछ – निर्वाचन आयुक्त – तुलाधर

दमौली खबर संवाददाता
शंकरराज नहर्की
दमौली, कात्तिक २३ गते ।
निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले आचार संहिताको पालना नगर्नेलाई कारबाही गर्न आयोग प्रतिबद्ध रहेको बताउनु भएको छ । प्रतिनिधि तथा प्रदेश सभाको पूर्वसन्ध्यामा नेपाल कानुन समाज र निर्वाचन आयोग नेपालको आयोजनामा दमौलीमा आयोजित निर्वाचन आचारसंहितको प्रभावकारी कार्यन्वयन र सरोकारवालाहरुको  भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई बुधवार दमौलीमा सम्बोधन गर्दै अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको हो निर्वाचन आयोगले संविधान र कानुनले दिएको अधिकारको पूर्ण उपयोग गर्दै निति, कार्यविधि र निर्देशिका निर्माण गरी कार्यान्वयनको काममा लागेको उहाँले बताउनुभयो ।
निर्वाचन आयुक्त तुलाधरले संविधानले दिएको चार वटा जिम्मेवारी अन्तरगत निर्वाचनको सञ्चालन रेखदेख, निर्देशन र नियन्त्रण गर्दै बालिक मताधिकारको प्रयोग गरी लोकतन्त्रको सुदृढिकरण गर्न आयोग कटिबद्ध रहेकोमा जोड दिनु भएको छ । निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले संघ र प्रदेश सदस्य निर्वाचन खर्च र प्रचारप्रसार सम्बन्धि निति तथा कानुनका बारेमा चर्चा गर्नु भएको थियो  ।
नेपाल कानुन समाजका अधिवक्ता मोहन आचार्यले सहभागीहरुले उठाएका जिज्ञासाको उत्तर दिनु भएको थियो । नागरिक संवाद केन्द्र पोखराका प्रमुख जुना कुमारी गुरुङले कार्यक्रम माथि प्रकाश पारेको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकाल, जिल्ला स्थित सुरक्षा निकार्यका प्रमुख एवं प्रतिनिधिहरु, सरोकारवाला तथा सञ्चारकर्मीहरुले जिज्ञासा राख्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button