सहरले धानेको जीवन
चैतमा मकै लगाउनको लागि पूर्णमाया मगर तयारी गदै बसेकी छिन् । उनले ६ आना बारीको लागि मकैको बिउ जोहो गदैछिन् । उनलाई मकै कसरी लगाउने भन्ने पिर भन्दा पनि मकै भित्राउन पाउछु की पाउदीन भन्ने चिन्ताले सताईरहेको छ । उनले भगवान सँग पोहोरको जस्तो नहोस भन्दै कामना गर्छिन् । गएको वर्षको उनले ६ आनामा लगाएको मकै अधिकांश बाँदरले नष्ट्र गरेपछि उनको भकारी रित्तो भयो । उनले भनिन्,‘थोरै खेतबारीमा लगाएको अन्नबाली पनि बाँदरले सखाप पारिदिन्छ ।
उत्पदान राम्रो नभएपनि गुजाराको आसमा कहिले धान कहिले मकै कहिले कोदो रोपेको पनि धेरै वर्ष भयो । ’ उनि मात्र होईन जिल्लाको ऋषिङ गाँउपालिका वडा नं ३ नाजुङकी गाँउलेको अवस्था उस्तै छ । भौगोलिक र अनुकुल मौसमको कारण पयाप्त मात्रमा खाद्यनको उत्पादन नहुदाँ उनिहरुले बजारबाट खाद्यनको जोहो गर्ने गरेका छन् । जिल्लाको सदमुकाम दमौलीबाट उनिहरुले आफुलाई आवश्यक गर्ने दैनिक खाद्यनको जोहो गर्ने गरेका छन् । स्थानीय पूर्णबहादुर रानाभाटले आफुले उत्पादन गर्नेको खाद्यन तीन महिनाको लागि मात्र पुग्ने बताए ।
उनले भने,‘बल्ल तल्ल बाँदरबाट बचाँएर लगाएको खाद्यन तीन महिनालाई मात्र पुग्छ । अरु बेला बजारबाटै किनेर जोहो गर्ने गरेका छौं । ’ उनले अघि भने,‘बर्खायाममा बाढीले गर्दा गाडी चल्दैन । अरु बेला नै सामान किनेर ल्याउने गरेका छौं । ’ गाँउ आउनको लागि व्यास र ऋषिङ जोड्ने सु्ढे पुल पार गर्नुपर्दछ । पुल तरेर गएपछि बगर आउँछ । बगरमा वर्खाआममा खोला उर्लिएर आउछ । गाँउका सबै कृषिमा निर्भर रहेकाले उनिहरुले आफुलाई पुग्ने जति मात्र उत्पदान गर्न खोज्छन् । अरुको खेतला गए कमाएको रकमले केही मात्र खर्च टर्ने स्थानिय धोर्जविर मगरले बताए । उनले भने,‘लगाएको धानबाट खासै उत्पादन हुदैन । सबैले किनेर नै चामल ल्याउन गरेका छौं ।’ गाँउमा आवश्यक पर्ने समाग्रीलागि समेत सहरको भर पर्नुपर्दछ ।
यता कृषि ज्ञान केन्द्र तनहँुका प्रमुख कुलप्रसाद तिवारीले भौगोलिक र अनुकुल वातावरणले राम्रो उत्पादन हुन नसकेको बताउदै क्षेत्र सुन्तलाको पकेटको लागि निर्माण गर्न सकिने बताए । उनले भने,‘उच्च क्षेत्रमा रहेको हुनाले पनि सुन्तला, कागती खेतीमा राम्रो उत्पादन हुने सम्भावना देखेको छु । ’त्यस्तै उक्त गाँउ होमस्टेको लागि पनि राम्रो गन्तव्य रहने देखिएको छ । मगरको बाक्लो बस्ती रहेको उक्त ठाँउमा स्थानिय तहले होमस्टे बनाई प्रर्वद्धन गर्न आवश्यक देखिन्छ ।