नेकपा व्यास नगर कमिटीले बुझाए नगरपालिकालाई ध्यानाकर्षण पत्र

वि वि श्रेष्ठ
दमौली, तनहुँ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर कमिटीद्धारा जिल्लाको विकास निर्माण र समसामयिक विषयहरु प्रति सजग गराउदै ध्यानाकर्षण पत्र वुझाएको छ । नेकपा व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीले व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेलाई व्यास नगरपालिका भित्र भएका वडाहरुमा योजना छनौट सम्वन्धमा गम्भिर ध्यानाकर्षण गरेको हो ।
व्यास नगरपालिका अन्र्तगत पर्ने १४ वटा वडा भित्र जनस्तरमा विकास निर्माण र उत्पादन तथा समृद्धिसँग जोडिने गरि प्रतिफलमुलक अति आवश्यकीय योजनाका रुपमा भौतिक पुर्वाधार, वाटाघाटो, खानेपानी, कृषि, पर्यटन, खेलकुद र विविधतासँग जोडिएका योजनाहरु र आधुनिक शहरीकरणलाई व्यवस्थित गर्न र अगामी आर्थिक वर्षमा यस व्यास नगरपालिका वाट विशेष गरि प्राथमिकतामा पार्ने गरि वडाभित्रको विभिन्न योजनाहरुमा ध्यानाकर्षण गराईएको व्यास नगर कमिटीका सचिव रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । नगरपालिका भित्रको विकास निर्माण सवैको दायित्व हो, यहि दायित्व वोध गरेर हामीले नगरप्रमुखलाई विकास निर्माणमा जनताप्रतिको जिम्मेवारीता वहन गर्न ध्यानाकर्षण गरेका हौ, हामीले नगरपालिका भित्रका सम्पुर्ण वडाहरुको योजनालाई प्राथमिकताका साथ पेश गरेका छौ, कमिटीका अध्यक्ष श्रीराम कार्कीले भन्नुभयो ।
सोही अवसरमा ध्यानाकर्षण वुझदै व्यास नगरपालिका भित्रका सम्पुर्ण वडाहरुमा सवैको सहयोग र साथले नै विकास निर्माणको ढोका खोल्ने वताउनुहुदै व्यास नगरपालिकाले वडामा भएको विकास निर्माण सँग सम्वन्धित रहेर नगरपालिकाको ध्यानाकर्षण गराउनु अत्यन्त सकारात्मक काम भएको हुदाँ सवै सँग मिलेर व्यास नगरपालिका अगाडी वढ्ने वताउनुभयो । विकास निर्माणमा कुनै पनि राजनिती नहुने वताउनुभएको नगर प्रमुख न्यौपानेले व्यास नगरपालिकाको विकासको लागी आफु लागिपरेको समेत वताउनुभयो । विकास निर्माण सम्पुर्ण राजनैतिक दल र जनताको क्रियाशिलताले मात्र सफल हुने समेत वहाँले वताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button