करेन्ट लागेर युवक घाईते
तनहुँमा करेन्ट लागेर एक युवा घाइते भएका छन् । मङ्गलबार दिउँसो १२ बजे तनहुँको व्यास नगरपालिका(१ भादगाउँमा करेन्ट लागेर बाग्लुङ घर भएका २१ वर्षीय ग्याल्जन भण्डारी घाइते भएका हुन् । घाइते भण्डारीलाई स्काभेटर लोड गरेको बा ७ ख ३९७१ नम्बरको ट्रकको छतमा बसेर बिजुलीको तार पन्छाउँदै गर्दा करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर भण्डारी सडकमा खसेको जनाइएको छ ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल दमौली ल्याइएकोमा सामान्य उपचार पश्चात थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको छ । घाइतेको अवस्था हाल मध्यम रहेको पनि प्रहरीले जनाएको छ । घटनाको बारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।