नदी कटान रोक्ने कार्य नगरपालिकाको उपयुक्त कदम

मादीनदीले कटान गर्दा व्यास नगरपालिका–५ पाटन क्षेत्रको क्षति बढ्दै गएपछि धेरै मानिसको निन्द्रा हराएको छ ।  पाटनका करिब ६६३ घरधुरी नदी कटानको जोखिममा परेपछि व्यास नगरपालिकाले  चासो दिएर संरक्षणको लागि पहल कदमी गरेपछि प्रभावितमा खुसी छाएको छ । बेलैमा सर्तक भएर काम गर्दा खर्च कम लाग्छ भने जोखिम न्यूनिकरणमा पनि टेवा पुग्दछ ।  गत ०७८ भदौ ९ गते मादीनदीको कटानले ६६३ घर जोखिममा भन्ने व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले तत्कालै स्थलगत अवलोकन गरी बस्ती संरक्षणको लागि पहल गर्ने आश्वसन दिनुभएको सोही अनुसार काम गरेर नगर प्रमुखले पनि उपयुक्त काम गर्नु भएको छ ।  नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको रु.दुई करोड पचास लाखको लागतमा ग्याबिन वाल लगाउन थालिएको छ ।व्यास–५ को पाटनमा १०२ मीटर र व्यास–३ को भतेरीमा २५८मीटर लामो ग्याबिन वाल लगाएर संरक्षण गर्न उक्त बजेट बिनियोजन समेत भईसकेको अवस्था छ ।
पाटन तर्फ तीन सय मीटरमा ग्याबिन वाल लगाउने योजना भएपनि पहिलो चरणमा एक सय दुई मीटरमा ग्याबिन वाल लगाउन प्रक्रिया अघि बढाइएको छ । नगरपालिकाले अन्य क्षेत्रमा पनि प्रभावितको लागि के कस्तो सहयोग गर्न सकिन्छ त्यस तर्फ ध्यान दिनु पर्दछ । जनताको चाहाना के छ त्यति बुझेर काम गर्नु जनप्रतिनिधीको दायित्व पनि हो । सोही दायित्व पुरा गरेको पाटनका प्रभावितले महशुस गरेका छन् । काम गुणस्तरका बनाउन भने स्थानीय  प्रभावित पनि चनाखो भएर ध्यान दिनु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button