सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्दै व्यास नगरपालिका

दमौली खबर संवाददाता

दमौली, माघ २३ गते

तनहुँको व्यास नगरपालको सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्दै आएको छ । यस क्रममा नगरपालिको सोमबार प्रधानाध्यापहरुको सयुक्त बैठक गरेको छ ।

सो अवसरमा नगर प्रमुख प्रमुख वैकुण्ठ न्यौपानेले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा अभिबृद्धि गर्न आवश्यक रहेको न्यौपानेको भनाई थियो । विद्यालयहरुबाट हुने परीक्षा प्रणालीमा समेत सुधार गर्न जरुरी रहेको न्यौपानेको भनाई रहेको थियो । व्यास नगरपालिकाले नियुक्त गरेका स्वयंसेवक शिक्षकहरुले राम्रो गरेको नगर प्रमुख न्यौपानेको भनाई थियो । विद्यालय विकास प्रस्तावमा उल्लेख भएका कुराहरुलाई प्रधानाध्यापकले कार्यान्वयनमा लैजान सक्नुपर्नेमा प्रमुख न्यौपानेको जोड थियो । आगामी शैक्षिक सत्रदेखि विद्यालयहरुको निरीक्षण गर्न योग्य र दक्ष व्यक्ति नियुक्त गरिने जानकारी दिनुभयो । कार्यक्रममा शिक्षा अधिकृत नविन पराजुली, प्राविधिक सहायक किशोर वास्तोला, नेपाल शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोख्रेल (आरसी), निर्मल माविका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत, जनजुक्त शाही माविका प्र.अ. ज्ञानेन्द्र न्यौपाने, सर्वज्योति माविका प्र.अ. भरत काफ्ले, प्रधानाध्यापकहरु रामदत्त पौडेल, सुरेन्द्र अधिकारी, लगायतकाले शैक्षिक गुणस्तरमा सुधार आउनुपर्ने जोड दिनु भएको थियो ।

नगर पालिकाले एसइईको नजिता सुधार गर्न विद्यालयलाई दबाब दिन थालेको । जिल्लाकै सबैभन्दा ठुलो र जेठो व्यास नगरपालिकाले दबाब दिएको छ ।

दबाब स्वरुप आफ्ना भित्रका माध्यमिक विद्यालयमा २०७८÷७९ मा एसइई परिक्षा दिने विद्यार्थीहरुका गणित, विज्ञान, अग्रेजी विषयको विद्यार्थी विवरण, नतिजाको अवस्था र सम्बन्धित शिक्षकहरुको विवरण पेश गर्न सूचित गरिएको छ ।

एइईमा अधिकांश विद्यार्थीहरुको गणित, विज्ञान, अँग्रेजी विषयमा थोरै अङ्क ल्याउने, अनुर्तिण हुने समस्या भएकोले विवरण माग गरिएको नगर प्रमुख न्यौपानेले बताउनुभयो । नतिजाको अवस्थाको आधारमा सुधार गर्नको लागि आवश्यक तालिम दिने, सुधार गर्न नसक्नेसँग स्पष्टिकरण सोध्ने, सरुवा गरिने नगर प्रमुख न्यौपानेले बताउनुभयो । सरकारले सामुदायिक विद्यालयमाहरु लगानी गरे अनुरुप प्रतिफल दिन नसकेकोले दबाब दिईएको नगर प्रमुख न्यौपाने बताउनुहुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button