कोभिड सँग जुध्न सकस

दमौली खबर संवाददाता

पछिल्लो २४ घन्टामा जिल्लामा ४४ जना कोरोना संक्रमित फेला परेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार तनहँुको तीन पालिकामा ४४ नयाँ संक्रमित फेला परेका हुन् । पछिल्लो २४ घन्टामा गरिएको व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकामा संक्रमित थपिएका हुन् । संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिकामा छन् । बुधबारमात्रै शुक्लागण्डकीमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, कोरोना संक्रमण पुष्टि हुनेमा भिमादका ११ र व्यासका २ जना छन् ।पछिल्लो केही तनहँुमा ठूलो मात्रामा कोरोना संक्रमित पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या बढ्दै गईरहेको छ ।

जिल्लामासक्रिय संक्रमितको संख्या एक सय नाघेको छ । जिल्लामा बुधबार साँझसम्मसम्म सक्रिय संक्रमितको संख्या एक सय २३ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहँुको अनुसार जिल्लामा रहेका सबै संक्रमित होम आइसोलेसनमा छन् । हाल सम्म तनहँुमा संक्रमितको संख्या एक हजार ६ सय ४२ पुगेको छ । जसमा एक हजार चार सय ९३ जना संक्रमण मुक्त भएका छन् भने २६ जनाको कोरोनाको कारण ज्यान गएको छ । तनहुँमा अहिलेसम्म गम्भिर प्रकृतिका संक्रमित नभिटेएपनि पूर्वतयारीका कामलाई प्राथमिकतामा राखिएको छ । कोही व्यक्तिमा संक्रमण भएमा र स्वास्थ्यमा गम्भिर प्रकृतिको समस्या देखिएमा तत्काल उपचार सेवा प्रदान गर्न जिल्लामै सघन उपचार कक्ष समेत तयार गरिएको छ ।

सदरमुकाम दमौलीमा रहेको दमौली अस्पतालमा कोरोना संक्रमित विरामीलाई लक्षित गरी ४ वटा भेन्टिलेटर सहितको ७ वेडको आइसियु कक्ष तयार गरिएको अस्पतालका प्रमुख डा. सुनिल पौड्यालले बताए । स्वास्थ्य मन्त्रालयको २ करोड रुपैयाँ आर्थिक सहयोगबाट अस्पतालमा आईसियु र भेन्टिलेटर व्यवस्थापन गरिएपनि आवश्यक दक्ष जनशक्ति र अक्सिजनको सहज उपलब्धतामा समस्या देखिएको छ । यस्तै, दमौली अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । गण्डकी प्रदेश सरकारले अक्सिजन प्लान्ट निर्माणका लागि चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यसका लागि टेन्डर प्रक्रिया पुरा भई सम्झौता समेत भइसकेको हुँदा जेठ महिना भित्र अक्सिजन प्लान्ट निर्माण पुरा भई प्रयोगमा ल्याउने तयारी भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । यता संघीय सरकार मातहत रहेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र हाता भित्र पनि ५ वटा भेन्टिलेटर सहित ३० बेड क्षमताको आइसोलेसन कक्ष तयार गरिएको छ । जिल्लाका १० वटै पालिकाको लागत सहभागितामा आइसोलेसन भवन तयार गरिएपनि आवश्यक उपकरणको अभाव रहेको केन्द्रका निर्देशक डा. रामकुमार श्रेष्ठले बताए । गत वर्ष भाइरस संक्रमण समुदायस्तरमै फैलिएपछि व्यवस्थापनमा जटिलता आइलागेको थियो । संक्रमितमा गम्भिर प्रकृतिको स्वास्थ्य समस्या नदेखिएपछि जिल्लाका अधिकांश संक्रमति होम आइसोलेसनमै बसेका थिए ।

सहजै निको हुन थालेपछि स्थानीय पालिकाले तयार गरेको आइसोलेसन भवन प्रयोगमा ल्याउन कुनै चासो नदेखाउँदा अहिले केन्द्रमा दक्ष जनशक्ति भएपनि आवश्यक उपकरण अभावले उपचार सेवा प्रदान गर्न समस्या देखिएको छ । जिल्लाका १० वटै पालिकाको लागत सहभागीतामा निर्माण गरिएको आइसोलेसन भवनमा एसि, अक्सिजन सहित ३० वेड तयार गरिएको छ । ५ वेडको इमरजेन्सि कक्ष तयार गरिएको छ । अस्पतालमा आवश्यक दक्ष जनशक्ति भएपनि भेन्टिलेटरसहितको आईसीयु कक्ष सञ्चालनका लागि आवश्यक उपकरण उपलब्ध नहुँदा सहज रुपमा उपचार सेवा दिन चुनौती खडा भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button