दमौली खबर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट घर फर्कनुभएको छ ।

पेटमा समस्या देखिएपछि गत शनिवार भर्ना भएका राष्ट्रपति पौडेललाई आज घर पठाइएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज प्रशासनले जनाएको छ ।

राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पौडेललाई डा. निरज बम नेतृत्वको समूहले उपचार गरेको थियो । राष्ट्रपतिलाई केही दिन निवासमै आरा मगर्न चिकित्सकले सुझाव दिएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button