१८ बुँदे माग राख्दै तनहुँका कृषकहरु आन्दोलित

दमौली खबर संवाददाता

दमौली, फागुन २२

१८ बुँदे विभिन्न माग राख्दै तनहुँका कृषकहरु आन्दोलित भएका छन् । तनहुँका व्यवसायिक कृषकहरु एक जुट भई सङ्घष समिति नै गठन गरेर पूर्व निर्धारित कार्यक्रम अनुसार आइतबार देखि आन्दोलित भएका हुन् । उत्पादन बिक्री नहुने तथा घाटा खाएर बेच्नु परेपछि बिहीबार कृषकहरुले आन्दोलन गर्ने घोषणा गरेका थिए । सोही अनुसार माग पुरा गर्न दबाब दिन कृषकहरु सडकमा आएका हुन् । कृषकहरुले आइतबार शान्तिपूर्ण प्रर्दशन गरेका हुन् ।

दाना, चोकर, पराल लगायतको भाउ महङ्गो हुनु, एकतर्फी रुपमा बैंकको व्याज बढ्नु, धेरै तहका बिचौलियाले गर्दा जसोतसो चलेको व्यवसाय पनि चरम घाटामा गएकाले आन्दोलन सुरु गरिएको सङ्घर्ष समितिका अध्यक्ष मित्र दुराले बताउनुभयो । सस्तो मूल्यमा आयातीत भारतीय विषादीयुक्त उत्पादनले गर्दा नेपाली कृषकहरुले चरम घाटामा बेच्नु परेकाले बैंकको ब्याज तिर्न नसक्ने अवस्था आएको समितिका सहसंयोजक इश्वर पन्थले बताउनुभयो । कृषकहरुले कृषि व्यवसाय र कृषक माथि परेका समस्या सम्बोधन गर्न माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । यसैगरी व्यास नगरपालिकाका प्रमुख समक्ष माग राखि ज्ञापन पत्र बुझाएका छन् । माग राख्दै कृषि व्यवसाय र कृषकले खेपेको मारलाई नीति निर्माताले यथाशीघ्र सामाधनका पहलहरु खोज्न खबरदारी गरेका छन् । ज्ञापनपत्रमा आफ्नो अभिभावक रुपी सरकारको आड भरोशा र विश्वासमा आफ्नै देशमा केही गर्न चाहने तथा बिदेशबाट फर्केका देशभक्त युवाहरुले ऋण, धन र खेत गरेर सञ्चालन गरेको व्यवसायले सञ्चालन खर्च धान्न नसकी डिप्रेसनको शिकार भएको उल्लेख गरिएको छ ।

वास्ताविक कृषकले अनुदान नपाउने, आयातित बस्तुहरुको मुल्य कम हुने र खपत पनि बढी हुने हुँदा स्थानीय बजार कमजोर भएको समितिले बताएको छ । अण्डा व्यवसायी संघ तनहुँका अध्यक्ष खेमराज अधिकारीले १३ रुपियाँ २२ पैसा पर्ने अण्डालाई ७ रुपियाँ विक्री गर्न समेत धौ धौ भएकोले पेशा नै छाड्नु पर्ने अवस्था आएको बताउनुभयो । तनहुँमा ९६ जना अण्डा उत्पादक कृषकले दैनिक साढे दुई लाख अण्डा उत्पादन गर्दै आएको बताउँदै उनले वार्षिक ६ अर्व बढी अण्डा उत्पादनमा लगानी गछौं तर पनि सोचे जस्तो प्रतिफल नपाएको गुनासो अधिकारीले गर्नुभयो । बाख्रा उत्पादक संघ तनहुँका अध्यक्ष कुशल अधिकारीले बिचौलियाको कारणले बाख्रा पाल्ने कृषकहरु मर्का परेको बताउनुभयो । छ सय रुपियाँ प्रतिकिलो कृषकले बेच्नु पर्ने तर उपभोत्ताले एक हजार एक सयमा मासु किन्नु परेको बताउनुभयो । उपभोक्ता र कृषक दुवैलाई नोक्सान भएकोले आन्दोलनमा उत्रिनु परेको अधिकारीले बताउनुभयो । दुग्ध उत्पादक संघका अध्यक्ष कालिका पौडेलले दानको मूल्य एक महिनाको अवधिमा प्रतिबोरा झण्डै एक हजार बृद्धि भएकोले गाई र भैंसी पाल्ने कृषकहरु मर्कामा परेको बताउनुभयो ।

। वैदेशीक रोजागिर छोडेर गाउँ फर्की भैंसीपालन गर्दै आएका व्यास नगरपालिका–११ पोल्याङका भानुभक्त सोतीले यसका कृषकलाई बचाउनको लागि पराल, दाना र भैंसी खरीदमा अनुदान दिनु पर्ने बताउनुभयो । लागत मूल्य अनुसारको मूल्य नपाउँदा कृषि व्यवसायलाई निरन्तरता दिन कठिन भएको सोती बताउनुहुन्छ । ‘‘देश समृद्धिको सपना बोकेर कृषि व्यवसाय गर्दा हामी नै अपमानित हुने अवस्था सिर्जना भएको छ’’ सोतीले भन्नुभयो ’’ सोतीले भन्नुभयो । संयुक्त कृषक संघर्ष समितिले उत्पादनमा आधारित अनुदानको व्यवस्था लागू गर्नुपर्ने, सरकार मार्फत सिधैं कृषि कर्जा तथा बीमा सुविधा प्रदान गर्नुपर्ने, कृषि उत्पादन सरकारद्वारा सोझै खरिदको व्यवस्था गर्नु गर्नुपर्ने, कृषकलाई फसाउने बैंकले क्षतिपूर्ति दिनुपर्ने माग राखेको छ । यसैगरी किसानलाई कालो सुचीमा पु¥याउने बैंकलाई पनि कालो सुचीमा राख्नुपर्ने, अमानवीय बैंकिङ्ग आतङ्क बन्द गर्नुपर्ने माग राखिएको छ । यस्तै कृषकलाई सुकुम्बासी बनाउन बनाउन नपाइने माग गरिएको छ ।

यसैगरी पर्दा पछाडीका बैंकिङ्ग लिलामी गिरोहको सम्पतीको आयस्रोत छानबिन गर्नुपर्ने, विदेशी विषादीयुक्त तरकारी, फलफुल तथा पशुपंक्षी आयात बन्द गर्नुपर्ने, आश्वासनमा फसाएर लादिएको कृषि कर्जा मिनाहा गर्नुपर्ने माग गरिएको छ । यसैगरी परियोजना धितोमा शुन्य प्रतिशत व्याजदरमा कृषि कर्जा प्रदान गर्नुपर्ने, कृषि कर्जा अनुदान अपचलन गर्नेलाई तुरुन्त कारबाही गर्नुपर्ने, दावि भुक्तानी नदिने बीमा कम्पनी खारेज गर्नुपर्ने, लघुबित्त कम्पनीलाई नियन्त्रण गर्नुपर्ने, किसान पेन्सन योजना कार्यावन्यन गर्नुपर्ने, राष्ट्रव्यापी किसान बिद्रोहलाई सम्बोधन गर्नुपर्ने लगायतको कृषकको माग छ । भुक्तानी नदिने बिमा कम्पनी खारेजी गर, किसान पेन्सन योजना लागू गर, मिटरव्याजी आतंक बन्द गर, कृषि कर्जा मिनाहा गर, आत्महत्या दुरुत्साहन गर्नेलाई कारबाही गर, कृषि धितो लिलामी बन्द गर लगायतका नारा लगाएर कृषकहरुले दमौली बजारको परिक्रममा गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button