कोरोनाबाट बच्न सर्तकता अपनाउनु : प्रजिअ पण्डित

तनहँुको विभिन्न अस्पतालमा हेल्प डेस्क राखिने

दमौली खबर सम्बाददाता
फागुन २१, दमौली । तनहँुका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले कोराना भाइरस बाट बच्न आ–आफ्नो ठाँउबाट सबैले साबधानी अपनाउन आग्रह गरेका छन् ।
तनहँुमा अहिले सन्त्रासको अबस्था नरहेपनि सार्वजनिक कार्यक्रमहरुमा जाँदा सावधानी अपनाउन आग्रह गरेका हुन् । यस्तो अवस्थामा आफुले पनि साबधानी अपनाई अरुलाई पनि सिकाउनु पर्ने उनले बताए ।

पण्डितले बिभिन्न माध्यमहरुबाट कोरोना सम्बन्धी सचेतनाका लागि आफुहरुले काम गरिरहेको जानकारी दिए । कोरोना भाइरस रोकथाम गर्ने उद्देश्यले तनहँुमा रहेको अधिकांश अस्पतालमा हेल्पडेस्क स्थापना गरिने उनले जानकारी दिए । केन्द्र र प्रदेश मातहत रहेको अस्पतालमा कोरोना भाइरसको निगरानी एवं चेकजाँचका लागि हेल्प डेक्स स्थापना गरिने भएको हो ।
दमौली अस्पतालमा आज देखि कोरोना भाईरस चेकजाँचका लागि हेल्प डेस्कको व्यवस्था गरिने अस्पतालका हेल्थ असिस्टेन्ट सन्तोष पौडेले जानकारी दिए । हेल्प डेक्समामा कोरोना भाइरसको पशर्मश समेत गरिने उनले बताए ।

‘दमौली अस्पतालको सक्रियतामा हामी आफैले हेल्थ डेस्क स्थापना गरिएका छौं, उनले भने, ‘अस्पतालमा आउनेलाई ज्वरो, रुघाखोकी बारे चेकजाँच गरिने र त्यस्तो नराम्रो भेटिएमा टेकु अस्पतालमा रिफर गरिनेछ ।’
मौसमी रुघाखोकी जस्तै लक्षणहरु देखा पर्ने बताउदै सावधानी अपनाउन सुझाव दिन्छन् । उनले चिसो मौसममा भाईरस सक्रिय हुने भएकाले र प्रतिरोधान्मक क्षमतालाई कमजोर बनाउने भएकाले सुगर रोगीहरुलाई विशेष सचेत हुनुपपर्ने बताए ।
अस्पतालकी डा. शान्ती पोखे्रलले अनिवार्य माक्स तथा पञ्जाको प्रयोग गर्नुपर्ने बताउदै खोक्दा वा हाच्छिँउ गर्दा अनिवार्य मुख छोप्नुपर्ने
बताईन् ।

उनले हावा तथा स्वाशप्रस्वाशको माध्ययमबाट फैलने बताउदै सिधै फोक्सोमा संक्रमण गर्ने भएकाले सरसफाईमा ध्यान दिनुपर्ने बताईन् । उनले कोरोना भाईरसबाट त्रसित भन्दा सतर्कता अपनाउनुपर्ने बताउदै अनावश्यक भिडभाडमा नजान समेत आग्रह गरिन् ।
‘मौसमी रुघाखोकी जस्तो लक्षण देखा परेमा वा संका लागेमा प्रत्यक्ष सम्पर्कमा रहनुहुदैन, उनले भनिन् , ‘कसैले बोल्दा, खोक्दा सम्भावित संक्रमित व्यक्तिको वरिपरी नबस्ने र सेफ डिस्टेन्स मेन्टेन गर्ने अनि सरसफाईमा विशेष ध्यान
दिनुपर्छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल समेत उच्च जोखिम राष्टूमा देखिएपछि जिल्ला प्रशासन तनहँुले विभिन्न ठूला कार्यक्रमहरु स्थगित गनै लगाएको छ ।
विशेषगरी सरसफाईमा ध्यान दिन आग्रह गर्दै त्रसित भन्दा सतर्कता अपनाउन आग्रह गरेको छ । स्वाशप्रस्वाशका कारण सर्ने कोरोना भाईरसबाट सतर्कता अपनाउन मास्कको प्रयोग अपरिहार्य छ ।
पछिल्लो समय विकराल बन्दै गएको कोरोनाको संक्रमणले मेडिकल मास्कको सर्टेज भएको छ । व्यास ३ स्थित ऋषि फार्मेसीका सञ्चालक ऋषि गिरीले केही दिन पहिले नै दमौलीमा मास्क सर्टेज भएकोे
बताए । उनले कोरोना भाईरसको हल्ला पश्चात दमौलीको बजारमै मास्क सकिएको बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button