कोरोना बाट बच्न ठूला कार्यक्रम नगर्न प्रशासनको अनुरोध

दमौली खबर संवाददाता
फागुन २० , दमौली ।जिल्ला प्रशासन कार्यालय तनहँुले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट आएको पत्र अनुसार जिल्ला प्रशासन उक्त आह्वान गरेको जनाएको छ । गरी कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आह्वान गरेको हो ।प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार कार्यक्रमको अवस्था हेरि कार्यक्रम गर्न सकिने भएको छ ।
सरकारको यो निर्णयले व्यास नगरपालिकाले आयोजना गरेको खुल्ला महिला हाफ अल्टूा म्याराथन, दोस्रो राष्ट्रिय साहित्य सम्मेलन, होली हङगामा लगायत आगामी चैतमा हुने सनातन धर्म–संस्कृति विषयक अन्तर्राष्ट्रिय महासम्मेलन समेत प्रभावित हुने देखिन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button