खाद्यान्नमा आत्मनिर्भर बन्न चक्लाबन्दी खेती गरौं

दमौली खबर संवाददाता

नेपालमा कृषकहरु धनी हुन नसक्नुको मूख्य कारण अवैज्ञानिक खेती हो । परम्परागत तरिकाले खेती गर्दा लागत बढ्ने र युवाहरु विदेश जाने क्रम बढ्दै जाँदा जनशक्तिको अभावले गर्दा जमिन बाँझो राख्ने क्रममा दिन प्रतिदिन बढिरहेको छ । लागत मूल्य नउठ्दा कृषिमा विर्कषण बढ्दै गएको छ । नेपालमा खेती गरेर खानु भन्दा भारतको किनेर खाँदा सस्तो पर्ने अवस्था आएकोले खेती गर्न रुची जागेको छ । कृषिमा आकर्षित बनाउनको लागि वैज्ञानिक तरिकाहरु अपनाउनु पर्दछ । चक्काबन्दी गरेर सामुहिक खेती गरियो भने भारतको मूल्यसँग प्रतिस्पर्धा गर्न सजिलो पर्दछ । चक्काबन्दी खेतीलाई स्थानीय सरकारले प्राथमिकता दिन सकेका छैनन् । जसले गर्दा कृर्षिमा आर्कषण गर्न कठिन भएको छ । तर केही पालिकाले आधुनिक तरिकाले खेती सुरु गर्न थालेका छन् । चक्काबन्दी गरी आधुनिक खेती गर्ने कार्य सुरु गर्ने मध्यमा भानु नगरपालिका पनि एक हो । भानु नगरपालिकाद्धारा चक्लाबन्दी खेती सुरु हुन खुसीको कुरा हो । बढ्दो खण्डीकरण र जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कृषि उत्पादन र उत्पादकत्व बढाउन यसले सहयोग पुग्दछ ।

खेतीयोग्य जमिन खण्डीकरण गरेर खेती गर्न कठिन हुने र साँध सिमाना थपिँदै जाँदा खेतीयोग्य जमिन समेत घट्दै जाने कृषिमा लागत मूल्य घटाउन चक्लाबन्दी खेतीलाई प्राथमिकतामा राखि शुरु हुनु राम्रा कुरा हो । स–साना जमिनलाई एकीकृत गर्दै सामूहिक तरिकाबाट खेती प्रणाली अघि बढाउँदै थोरै लगानीमा धेरै उत्पादन लिने उद्देश्यले चक्लाबन्दी कार्यक्रमलाई प्राथमिकता दिईएको बताईएको छ । चाक्काबन्दीले लागत घट्ने हुँदा कृषिमा आकर्षण बढ्ने हुँदा खेतबारी बाँझो नहुने, सामूहिक रूपमा गर्दा सहज हुने, आधुनिक कृषि यन्त्र उपकरणको प्रयोग गरी छिटो र छरितो रुपमा काम गर्न सकिने, जमिनको खण्डीकरण रोकिने र रोजगारीका अवसर सिर्जना हुने भएकोले प्राथमिकतामा दिईएको बताईएको छ । चक्काबन्दी कार्य अघि बढाउने नगर प्रमुख आनन्दराज त्रिपाठी लगायत सबै जनप्रतिनिधी एवम् कर्मचारी सबै धन्यवादको पात्र बनेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button