युवाले खोले उदमशिल सहकारी सस्था

व्यास नगरपालिकाका विभिन्न क्षेत्रमा क्रियाशील युवाले सहकारी स्थापना गरेका छन ।समानान्तर लगानीमाउद्यमशील बनाउने उद्देश्यले दमौलीमा सक्रिय रहेका सय भन्दा बढी युवाहरु मिलेर व्यास २ स्थित मिडिया भेलेजमा उद्यमशील बचत तथा ऋण सहकारी संस्था प्रा।लिको स्थापना गरिएको छ। सस्थाका अध्यक्ष इन्द्रलाल श्रेष्ठ ‘विकल्प’ले युवाहरूलाई आफ्नै ठाउँमा उद्यम बनाउनको लागि स्थानीय युवाहरुलाई समेटिएको बताए ।

सेवामुलक भावनाले युवाहरुको लगानीमार्फत कम आम्दानी भएका नागरिकलाई सेवा प्रवाह गर्न सहकारी सञ्चालनमा आउने उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।प्रविधिको प्रयोगसँगै सेवाप्रवाह गर्ने लक्ष्यका साथ फागुन ७ सञ्चालनमा आउने बताए । सहकारीको सेवा बजारमुखी मात्र नभइ ग्रामीणमुखी पनि हुने अध्यक्ष श्रेष्ठले बताए । सहकारीको आफ्नै एप्लिकेशन मार्फत् जानकारी लिने व्यवस्था समेत मिलाइएको श्रेष्ठले बताए । आर्थिक उन्नति कम भएकालाई पनि शेयर प्रदान गरेर उद्देश्य रहेको बताइएको छ ।

न्यून बर्गलाई पनि शेयरसदस्य बनाउने उदेश्यले न्युनतम ५ हजार १ सय रुपैयाँमा शेयर सदस्य बन्न सक्ने प्रावधान राखिएको सचिव पुर्ण बिकेले जानकारी दिए । उनले भने ‘न्यून बर्गलाई पनि समेटनको लागि हामिले कम शेयर लगानी पनि राखेका छौ ।सहकारीमार्फत् न्यून वर्गलाई समेत मालिक बनाउने वातावरण सिर्जना हामिले गर्ने छौ । ’ १ लाख शेयर सदस्य पु¥याउनेलक्ष्य रहेको उनले बताए । सहकारीले १४।७५ प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्ने र फिक्सडिपोजिटमा १२।५० प्रतिशत व्याज निर्धारण गरिएको संस्थाका कोषाध्यक्ष भिम सिंहले बताए ।

सहकारीले हाललाई ७ वटा खाता निर्धारण गरेकोछ । साधारण खाता, उद्यमशील खाता, स्वर्णिम खाता, नारी बचत खाता, बाल बचत खाता,विद्यार्थी खाता र रेमिट्यान्स खाता सहकारीले निर्धारण गरेको बोर्ड सदस्य राजन मियालेबताए । सुरुवाती कार्यको लागि व्यास नगरपालिकाको १ देखि ५ नम्बर वडामा सेवा दिने बताइएको छ। सहरकारी नाफामुखी नभइ सेवामुखी रहेको बताइएको छ ।भविष्यमा सहकारीले न्यूनवर्गको सहज उपचारको पहुँचमा पु¥याउने उद्देश्यका साथ अस्पताल सञ्चालन गरिने समेत बताइएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button