गणतन्त्र दिवसका तनहुँ कारागारबाट चार कैदीबन्दी रिहा

दमौली खबर संवाददाता
तनहुँ, जेठ १५
गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट चार कैदीबन्दीलाई रिहा भएका छन् । बाँकी कैद मिनाहा गरी उनिहरुलाई आफन्तको जिम्मामा छाडिएको हो ।
अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०८० का अवसरमा कैद मिनाहा गरिएको कारागारले जनाएको छ । कैद मिनाहा हुनेमा बहुविवाह मुद्दाका इन्द्रजित सार्की, राजन अच्छामी, सवारी ज्यान मुद्धामा आषिश आले र कर्तव्य ज्यान मुद्धाका सुन्दर परियार रहेको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । सबैभन्दा धेरै सवारी ज्यान मुद्धाका आलेले १ वर्ष ४ महिना २३ दिन छुट पाउनु भएको र उहाँले ३ वर्ष कैद भुत्तानी गरिसकेको अधिकारीले जानकारी दिनुभयो । त्यसपछि धेरै छुट पाउनेमा बहुविवाहका सार्कीले ५ महिना २० दिन पाउनु भएको कारागारले जनाएको छ । उनीहरूको बानी व्यवहार, अनुसार चालचलन, रहनसहन सबै राम्रो भएमा कारागारका जेलर र प्रमुख जिल्ला अधिकारीले गरेको सिफारिसको आधारमा कैद मिनाहा हुने व्यवस्था अनुसार उनीहरूको कैद मिनाहा गरिएको हो ।
लागु औषध, भ्रष्ट्राचार, मानव तस्कर, सर्वस्वसहित जन्मकैद र चेलीबेटी बेचबिखन लगायत १९ प्रकारका गम्भीर मुद्दा हो । यी मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरे पनि आम माफी पाउँदैनन् । रिहाइ हुने कैदीहरुलाई स्वागत गरी घरमा लैजान कारागार परिसरमा आफन्त आएका थिए । कैदीको अवधि बाँकी छँदै रिहा भएका कैदीहरु निकै खुशी देखिन्थे । पुराना तीता अनुभवहरु सबै बिर्सेर नया जीवन बिताउने योजनामा रहेको रिहा भएकाहरुले उनीहरुले बताए ।

Show More

Related Articles

Check Also
Close
Back to top button