स्वास्थ्य सामाग्रीको साथ गृह जिल्ला आउदै संसद श्रेष्ठ

दमौली खबर संवाददाता
चैत १९ दमौली
प्रतिनिधि सभा सदस्य एबम् तनहुँ क्षेत्र १ का संसद कृष्ण कुमार श्रेष्ठ किसान बिहिबार गृह जिल्ला तनहुँ आउने भएका छन् । हालै देशमा देखा परेको कारोना भाइरस र त्यसको रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य सामाग्री लिएर गृह जिल्ला आउने भएका हुन् । श्रेष्ठले आफ्नो सामाजिक संजाल फेस्बुकमा पि.पि.ई अर्थात पर्शनल प्रोटेक्टीभ इकुप्मेन्टका फोटो हाल्दै लेखेका छन् ” आविष्कार डा महावीर पुनद्धरा प्रमाणित पि.पि.ई तनहुँ लैजादै ”

। उनले केहि हजारै थान माक्स र पि.पि.ई को साथमा स्वास्थ्य सामाग्री लिएर जिल्ला आउने भएका श्रेष्ठको निजि सचिवालयले जनाएको छ । सचिवालयको अनुसार भोलि नै पत्रकार सम्मेलन गरि केहि राहतको प्याकेज समेत घोषणा गर्ने बताइएको छ ।  यस अघि संसद श्रेष्ठले लक डाउनका कारण कसैलाई दैनिकि चालाउन गाह्रो परेको खण्डमा आफुलाई संम्झन समेत आग्रह गरेको थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button