● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

साहित्य

View all →
पद,मद र कद• साहित्य

पद,मद र कद•

पद,मद र कद• वासुदेव पाण्डेय भन्थ्यो पर्वत ढाल्न सक्छु मदले डुक्रेर साँढे तर फर्क्यो ऊ सिङ भाँचिएपछि दुवै रक्ताम्य बन्दै घर । उर्लन्छन् खहरे हुँदा जल सुके हुन्छन् निकै निर्धन आगोमा दुध पोखिएसरि उँधो गिर्छन् घमन्डी जन ।। देखेँ याचकतुल्य मानवपना आक्रान्तझैँ,खिन्नझैँ भन्थ्यो मानवभित्र मानव हुने संसार होला र खै । हाँस्यो मानव ...

Read story ↗
यो देशको दुर्गति साहित्य

यो देशको दुर्गति

यो देशको दुर्गति रामचन्द्र घिमिरे आमा!लेख्दछु कष्ट भो मुटुविषे सङ्घर्ष सारै क्षति नेता लायक देखिएन चुनियो बेकार लाग्यो अति। बन्ला आश थियो बनेन घर नै विध्वंश भोग्नू कति मात्रै दम्भ हुँदैछ देख्छु म यहाँ यो देशको दुर्गति।। देख्दा दुःख विरक्त भो मुलुक यो काटेर खाए जुटी टुक्रा सात गरी सहस्र अगुवा मारेर खाए लुटी। आफ्नै ...

Read story ↗
कृषक साहित्य

कृषक

कृषक ठाकुरनाथ शर्मा सुर्ता शोक न भोक रोग छ म मा आनन्द यो जीवन बढ्ता लालच लोभ छैन मनमा सन्तोष मेरो धन आफ्नै पौरखमा रमाउँछु सदा आफैँ कमाई गरी खाने अन्न छदैछ टन्न घरमा ठूला भकारी भरी।। रायो चम्सुर काउली र हरिया सब्जी लगाई सधैं खाई साझ बिहान स्वस्थ छु सधैं बोक्दैछु भारी अझै आफैँ ...

Read story ↗
त्याग – पिपला ढुङ्गाना/ Pipala Dhungana साहित्य

त्याग – पिपला ढुङ्गाना/ Pipala Dhungana

पिपला ढुङ्गाना / pipala Dungana मेरै साथमा हुँदा पनि तिमिलाइ दुखी देख्नुपरेमुटु काटी बिछोडका कथाहरू लेख्नुपरेभैगो तिमी खुशी हुनु मलाई संसार जित्नु छैन ।मेरो खुशी निम्ति तिमीले पिडा माथि टेक्नुपरे।। नदेखाउनु दुनियाँलाई पिरले छाति सेक्नुपरेदिनु तिम्रा दुखहरु केशै थाप्छु खेप्नुपरेहन्डर खान दुख पिउन मलाइ बानी परिसक्योतर्किएरै जाउला कतै हाँसो तिम्रो छेक्नुपरे।।

Read story ↗
पाविल'को प्रकृति र 'लिङ्जो'को लालित्य साहित्य

पाविल'को प्रकृति र 'लिङ्जो'को लालित्य

संस्मरण 'पाविल'को प्रकृति र 'लिङ्जो'को लालित्य नवराज न्यौपाने 'मौन' धादिङको उत्तरी भेगमा अवस्थित रुवी भ्याली सुन्दर प्राकृतिक छटाले भरिभराउ रहेको छ । गणेश हिमाल श्रीङ्खलाको दक्षिणी भेगमा अवस्थित बस्तीहरुमा घुम्न पाउनु पनि उत्तिकै रोचक र मनोहर बातावरणमा लीन हुन पाउनु हो । यसै क्रममा मलाई २०५९ साल वैशाख महिनामा गणेश हिमाल श्रीङ्खलाको ७००० मीटरभन्दा अग्लो ...

Read story ↗
मुटुको रित्तो चित्र साहित्य

मुटुको रित्तो चित्र

मुटुको रित्तो चित्र पर ... धेरै पर छुटेको एउटा प्राचीन चौतारीजस्तै आफैलाइ फर्किएर हेर्दै जेलखानाको भितामा ठोक्किने कैदिको भाग्यझै म ठोक्किन्छु तिमीमा । यहि भूगोलको एक अङ्गालो छितिजमुनी पोखरिमा खसेको घामजस्तै ओठहरु भुइँभरी खसालि छरपष्ट मेरा रहरका ताती र सपना सङ्गाली पोल्टामा हाली दिएका थियौ र वसन्तका कुरा गर्दै फूलका रङ्गहरुको वयान गरेका थियौ मैले ...

Read story ↗
काली तिमी नक्कली साहित्य

काली तिमी नक्कली

काली तिमी नक्कली हिरा भट्ट ———————– तिम्रै लोचन जादुमा भुलिदिएँ हे मर्त्यकी अप्सरा हेर्छ्यौ लज्जित शावकी नजरले के छन् लुकेका कुरा कैयौं कीटपतङ्ग होमिन पुगे सामीप्य तिम्रो जली गोरी छ्यौ तर प्यारले भनिदिएँ काली तिमी नक्कली ।१। बेग्लै वस्त्र धुजाधुजा पहिरियौ चोली लुकायौ कता केही प्रश्न सुटुक्क सोँध्छु दिलका आऊ न काली यता गै रोटेपिङ ...

Read story ↗
मन र माया साहित्य

मन र माया

कविता मन र माया ( सन्दर्भ, प्रणय दिवस ) ———- —————- जब फैलिन्छ हृदयभरि प्रेमकाे माधुर्यता फक्रिन्छ अधरमा सयपत्री मनमा फुल्छ लाली गुराँस उषाकाे लाली जस्तो उज्यालिन्छ मुहार मायाको सुकाेमल स्पर्शले झंकृत हुन्छन् तरङ्गहरु शिर देखि पाउ सम्म ! मायाले भिजे पछि, सुकुमार हुन्छ, सुकाेमल हुन्छ हृदय झरी पछिको अाकाश झैं स्वच्छ र सुन्दर हुन्छ ...

Read story ↗
आशावान्  हुनुछ साहित्य

आशावान्  हुनुछ

आशावान् हुनुछ कृष्णशरण उपाध्याय …………………………………………………………… छन्द : शार्दूलविक्रीडित …………………………………………………………… जो नैराश्य पिएर बस्छ उसले , के गर्छ संसार मा ? जो वैराग्य लिएर बस्छ उसले , के गर्छ संसार मा ? फुल्छन् फूल र फल्दछन् तरुहरू , चट्टान फोडी कन गर्छन् वीर विशेष कर्म धरती – आकाश जोडी कन १ कालो बादल भित्र तेज ...

Read story ↗
-गजल- साहित्य

-गजल-

–गजल– चन्द्रप्रसाद न्यौपाने दिक्दार गरायाे कसले यहाँ ? कातीसरि चिप्ला 'कस'ले यहाँ ★ ल्याङ्ल्याङ लफङ्गे दरिद्रले याे राज सँभाल्याे जसले यहाँ ★ झाँक्री अनि केपी कति विज्ञ हुन् ? साेचाइ विनाका त्यसले यहाँ ★ यी शासकमा देख्छु अयोग्य झन् सामन्तहरूका यशले यहाँ ★ खाते सडके रे ! कति भन्दछाै ? बाेल्छाै प्रिय केपी रसले यहाँ ...

Read story ↗
जिन्दगानी साहित्य

जिन्दगानी

कविता जिन्दगानी अर्जुनकुमार न्यौपाने( AKN Gogane) ताप्दा ताप्दा पनि नसकिने घाम हाे जिन्दगानी । पुज्दा पुज्दा पनि नसकिने राम हाे जिन्दगानी ।। घुम्दा घुम्दा पनि नसकिने धाम हाे जिन्दगानी । गन्दा गन्दा पनि नसकिने दाम हाे जिन्दगानी ।। ? मान्दा मान्दा पनि नसकिने मान हाे जिन्दगानी । तान्दा तान्दा पनि नसकिने तान हाे जिन्दगानी ।। ...

Read story ↗
विज्ञापन साहित्य

विज्ञापन

विज्ञापन रामचन्द्र घिमिरे केही चीज अखाद्य छन् जुन बुझी क्वाप्पै गरी भक्षण सारै देह दुख्यो इलाज कसरी खोजूँ छुट्यो शिक्षण मान्छे भित्र हुने उदात्त गुणमा पर्दा दिने लक्षण जानेरै पनि बस्छ मानिस यहाँ यस्तो छ विज्ञापन।१ यस्तो हाल छ दुःखको स्थिति भयो मान्छे छ आनन्दमा जान्ने योग्य समर्थ छन् तर उनै खोक्रो हुँदै दम्भमा फस्छन् ...

Read story ↗