पिपला ढुङ्गाना / pipala Dungana मेरै साथमा हुँदा पनि तिमिलाइ दुखी देख्नुपरेमुटु काटी बिछोडका कथाहरू लेख्नुपरेभैगो तिमी खुशी हुनु मलाई संसार जित्नु छैन ।मेरो खुशी निम्ति तिमीले पिडा माथि टेक्नुपरे।। नदेखाउनु दुनियाँलाई पिरले छाति सेक्नुपरेदिनु तिम्रा दुखहरु केशै थाप्छु खेप्नुपरेहन्डर खान दुख पिउन मलाइ बानी परिसक्योतर्किएरै जाउला कतै हाँसो तिम्रो छेक्नुपरे।।
पिपला ढुङ्गाना / pipala Dungana
मेरै साथमा हुँदा पनि तिमिलाइ दुखी देख्नुपरे
मुटु काटी बिछोडका कथाहरू लेख्नुपरे
भैगो तिमी खुशी हुनु मलाई संसार जित्नु छैन ।
मेरो खुशी निम्ति तिमीले पिडा माथि टेक्नुपरे।।
नदेखाउनु दुनियाँलाई पिरले छाति सेक्नुपरे
दिनु तिम्रा दुखहरु केशै थाप्छु खेप्नुपरे
हन्डर खान दुख पिउन मलाइ बानी परिसक्यो
तर्किएरै जाउला कतै हाँसो तिम्रो छेक्नुपरे।।