‘गजल’
सुनाउँ के, र भनूँ के, ताजुप छु आज आफैं
कुरा सुनेपछि तिनका लजाउँछ लाज आफैं।
परेलीका चेपबाट चियाउने लाई भन्ने गर्छु-
किन सोध्छौ नबुझेझैं बिग्रियो कि काज अाफैं?
सफा लाग्ने उखुको रस, आफैं बदलिँदो रहेछ
बनाउँछु सखर भन्यो उठ्दोरहेछ गाज आफैं।
चक्र न हो समयको गुड्किनलाई रोक्ने कसले?
राज्य लत्याउने बाटै चल्दोरहेछ राज आफैं।
आफ्नै आकास बाट शिक्षा मिल्यो भन्छ “ग्वालटारे” ले
कुनै बेला ढुकुर पनि बन्दोरहेछ बाज आफैं।
* * *
२०७७ पुस २
गठ्ठाघर, भक्तपुर