विदेशको दुःख, कष्ट भुल्दै स्वदेशमै फक्रिरहेको उमङ्ग
चिटिक्क परेको कोट, पाइन्ट सिलाउने सीप हातमा हुँदा हुँदै श्यामलाल परियार होटल व्यवसायको लागि १७ वर्षअघि भारत गए । ५ वर्ष उतै बिताए। मासिक ८÷१० हजार मात्रै कमाइ भयो । जब उनको हातमा पहिलो तलब प¥यो, उनी झस्किए। धेरै कमाई हुन्छ भन्ने सपना बुनेका व्यास ६ का परियारले स्वदेशमा हुने जती पनि कमाई गर्न सकेनन्। उनी स्वदेश फर्कीए। ‘जे सोचेर विदेश गइन्छ । त्यहाँ सोचेको जस्तो हुँदो रहेनछ’उनले विगत सम्झदै भने–‘विदेशमा जस्तै दुःख आफ्नै गाउँ ठाउँमा गर्ने हो भने त्यहाँ भन्दा धेरै कमाउन सकिदो रहेछ ।’ उनले विदेशबाट फर्किएर टेर्लस सञ्चालन गरेका छन् उनले भने,‘सोचेको जस्तो कमाई भएन अनि स्वदेश फर्किएर । ’उनले थपे,‘ अहिले महिनाको २० देखि ३० हजार सम्म आम्दानी हुन्छ, तर कोरोनाको महामारीले मारमा परिएको छ । ’ श्याम मात्र होइन भिमादका अच्यूत परियारको जीवनी पनि त्यस्तै छ । उनि चार वर्ष मलेसिया बसेर फर्किए । उनी फर्किएको दुई बर्ष भैसकेको छ । उनले अहिले आफनो साथी शेषमणि पण्डितले खोलेको टेलरिङ्गमा रोजगारी पाएका छन् ।‘विदेशमा कमाउने जति आफ्नै ठाउँमा कमाई भैरहेको छ । दुःख पाउन किन जानु विदेश ?’उनले भने–‘राम्रो काम भनेर लग्यो पछि ठुला सामान उठाउने काममा लगायो।’
शेषमणि ब्राहमण हुन् । कपडा सिलाउने व्यावसाय शुरु गरेको देखेका उनका आफन्तहरुले नाक घुम्च्याउदै कुरा गर्थ्यो। तर, बदलिदो समयले यि पुराना मुल्य मान्यताहरु हराउदै लग्यो। मित्रताको बिचमा‘जात’को कुरा आउँदै आउँदैन भन्ने उदाहरण यी दुई पात्रले प्रमाणित गरिदिएका छन् । ‘बाहुनको छोराले पनि कपडा सिलाउने व्यवसाय गरेछस भन्नेहरु अहिले हाम्रो काम देखेर लोभिन्छन्’शेषमणिले भने–‘पण्डित्याई गर्दा बाहुनको बोली चल्थ्यो अहिले थुक चल्ने भयो भनेर भन्नेहरु पनि छन्। तर, यस्ता टिप्पणीले झन बलियो बनाएको छ । भिमाद अहिले विस्तार बजार हुदै गैरहेको छ । मानिसहरुका आवश्यकताहरु बढ्दै गएका छन् । थरी थरिका डिजाईनका सिलाईका कपडाहरुको आवश्यकता बढिरहेको समयमा युवाहरुले परम्परागत सिलाई पेशालाई आधुनिकिकरण बनाए । ब्राण्डेट कपडाहरु पसलमा राखेका छन्।