बिनियोजित अनुरुप सिंचाई डिभिजन तनहुँले दिएन बजेट

दमौली खबर संवाददाता
जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यलय तनहुँले बिनियोजित अनुरुप बजेट दिन नखोजेको पाइएको छ । व्यासको मानुङबाट म्याग्दे गाँउपालिकाको बरच्याङ जोड्ने कच्ची सडक मार्ग स्तर उन्नतीको लागि प्रदेश सरकार सांसद बिकास कोषबाट रु ५ लाख बिनियोजन भएको थियो । गण्डकी प्रदेशकी सांसद आशा कोइरलाको पहलमा बिनियोजि भएको रु ५ लाखमा सिंचाई डिभिजन तनहुँले काम पुरा नभएको भन्दै जम्मा २ लाख मात्रै दिने भएको हो । गत आर्थिक बर्षमा परेको बजेट बजेटको करिव ४० प्रतिशत मात्रै रकम दिन लागे पछि उपभोक्ता समिति आक्रोशित भएका छन् ।

व्यासको मानुङबाट म्याग्द गाँउपालिकाको बरच्याङ जोड्ने कच्ची सडक खण्डलाई स्तर उन्ततीको बजेट बिनियोजन गर्ने प्रदेश सांसद सांसद आशा कोइरला कोइरालाले स्थानीयलाई बताईन् । स्थानीयले सडक स्तर उन्ततीको लागि ५ लाख लाग्ने स्टमेट दिएका पछि सोही अनुरुप गण्डकी प्रदेश सांसद बिकास कोषबाट मानुङ देखी बरच्याङ सडकका लागि ५ लाख बिनियोजित भयो । स्थानीयले काम शुरु गरे ।  सांसद कोइरालाको सो सडक खण्डको नाउ परिवर्तन गरि एकदेव आले स्मृती सडक खण्ड राख्न स्थानीय संग अनुरोध गरेकी थिईन तर स्थानीले सो सडक खण्डको नाम परिर्वतन नगर्ने बरच्याङ सडकनै राख्ने बरु अन्त कुनै ठाउमा एकदेव आले स्मृतीको नाममा केही स्थापना गर्ने बताएका थिए । हाल सोही कुरालाई लिएर काम सक्दा समेत पुरा बजेट नदिएको स्थानी अपोभोक्ताहरुको आरोप छ ।

केही दिन अगाडी सडक अनुगमनमा गएका जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यलय तनहुँका इन्जिनियर प्रविन अर्याल भन्छन् ‘ हामीले गत २० गते अनुगमन गरेका थियौ, उहाँहरुले काम पुरा गर्नुभएको रहेनछ, जम्मा २ लाखको मात्र काम सक्नुभएको रहेछ त्यसैले २ लाख मात्र दिने निर्णय भएको छ ।”

सडक निमार्ण उपोभोक्ता समितिका सचिब रामु थापा मगरले यो सरासर राजनिति खेल भएको बताएका छन् । उनले भने ” हामीले इन्जिनियरलाई पहिला दुई/तिन पटक सडक अनुगमनका लागि बोलाएका थियौ तर उहाँ आउनुभएन । अहिले आर्थिक बर्ष समाप्तीको अन्तमा आएर काम पुरा भएन बजेट पुरा पाउनुहुन्न भनेर काँहा हुन्छ ,हामीले सबै उधारोमा काम गरेका छौं बाकी बक्यौता कसरी तिर्ने ? ”
इन्जिनियर अर्यालले उहाँहरुले आफुलाई बोलाउनुभएको तर काम व्यस्तता कारण आफु जान नपाएको सुइकारेका छन् । यस विषयमा सांसद कोइरालाले आफुलाई प्राविधिक पाटो थाहा नभएको र काम अनुसारको बजेट दिइने बताएकी छिन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button