गण्डकी प्रदेशमा व्यवसायीक कफी, झन्डै ६ करोड क्षति

दमौली खबर संवबददाता
फागुन २५
लवायु परिवर्तनले गर्दा यस वर्ष गण्डकी प्रदेशका कफी व्यवसायलाई ठुलो क्षति पुगेको छ । जलवायु परिवर्तनका कारण यस वर्ष प्रदेशका कफी व्यवसायीहरु ठुलो मारमा परेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रिय कार्यालय पोखराका प्रमुख चन्द्र पुरीले बताए ।

उनले भने “गण्डकी प्रदेशमा विगत दुई महिना देखि कफीका बोट सुकेर मर्ने समस्याले गर्दा व्यवसायीक कफीका किसानहरु ठुलो मारमा परेकाछन्, यसको रोकथामको लागि के गर्ने हामी अनुसन्धान गर्दैछौं । ” जलवायु परिवर्तको कारण दिन र रातको तापक्रम बढी हुँदा कफीका बोटहरु मर्न थालेको उनले जनाए । कफी बगैचामा हाल कफीका पातका नसा सुक्ने, बोट पूर्णरुपमा डढने, साना कफी बोटहरुको टुप्पोबाट पात झरी कालो हुने, हाँगा सुकी मर्ने लगायतको समस्या देखा परेको प्रमुख पुरीले बताए ।

पुष महिनादेखि हल्का कफीका बोटहरु मर्न थालेकोमा माघ महिनामा अत्यधिक मरेको र फागुनमा पनि त्यो क्रम नरोकिएको उनले जनाए । पहाडी भेडमा छहारी नभएका कफीका बोटमा यस्ता समस्या देखा परेको प्रमुख पुरीले जनाए । उनका अनुसार हाल यस प्रदेशका ९ जिल्लामा ६ करोड मुल्य बराबरको कफीमा क्षति पुगेको छ ।

यस चालु वर्षमा उत्पादन भएको करिब ५ करोडको फ्रेश चेरी र एक करोड मुल्य बराबरको कफी नर्सरीमा क्षति पुगेको उनले बताए । प्रदेशको मनाङ र मुस्ताङ भने हिमाली भेगमा पर्ने भएकोले उक्त क्षेत्रमा कफी खेती भएको छैन्। फ्रेश चेरीको प्रति केजी करिब ८५ रुपैया पर्छ ।

प्रदेशमा संगठित हुदै विभिन्न समुह तथा सहकारीमार्फत कफी खेतीमा लागेका किसान यति वेला निकै चिन्तित भएका छन् । शुक्रबार पोखरामा किसानहरुसंगको छलफल कार्यक्रममा किसानहरुले आफ्नो गुनासो गरेका थिए । पोखराको अर्पनमा रहेको सिद्ध कफी उत्पादक सहकारी संस्थामा आवद्ध किसानहरु समेत कफीमा देखिएको समस्याले ठुलो मारमा परेको संस्थाका अध्यक्ष सशिधर पौडेलले बताए । उनका अनुसार गत वर्ष करिब १७ लाख रुपैया कफीबाट उत्पादन भएकोमा यस वर्ष करिब ५ लाख रुपैया पनि आम्दानी गर्न मुस्किल हुने देखिन्छ ।

स्याङजा जिल्ला कफी सहकारी संघ लि.का अध्यक्ष फणि नारायण अर्यालले नेपालकै सबै भन्दा बढी कफी उत्पादन हुने जिल्ला स्याङजा भए पनि यस बर्ष कफीका बोटहरु मरेकाले आफुहरु निकै ठुलो आर्थिक समस्यामा पर्ने भएको बताए । स्याङजामा व्यवसायीक कफी खेती गर्ने ७ सय जना किसान भएको अध्यक्ष अर्यालले जनाए । सरकारले कफी खेतीलाई आकर्षित गर्न बिमा नीति र क्षति पुगेका कृषकहरुलाई रहात रुवरुप केही रकम उपलब्ध गराउनु पर्ने उनले माग गरे ।

कास्कीका जिल्ला कफी सहकारी संस्थाका अध्यक्ष आनन्द सुवेदीले कफीका नर्सरी बेर्ना र पुराना कफीका बिरुवामा समेत मर्ने समस्या आएको गुनासो गरे । फल फलेका ५८ हजार बिरुवामा पूर्ण रुपमा नष्ट भएका, एक लाख ४४ हजार आंशिक क्षति भएको उनले जनाए । अहिलेकै अवस्था रहे कृषकहरु हतोत्साहित हुने उनले जनाए । गत वर्ष कास्कीमा करिब ३० टन कफी उत्पादन भएकोमा वर्ष करिब १० टन पनि उतपादन हुन कठिन हुने अध्यक्ष सुवेदीले जनाए । तीन तहको राज्य र सरोकारवाला सवैले कफीका बिरुवा र फलमा भएको क्षतिलाई सम्वोधन गर्नुपर्ने माग गरे ।

गत वर्ष प्रदेशमा ९ लाख ८ हजार केजी फ्रेश चेरी उत्पादन भएको थियो । उक्त फ्रेश चेरीको मुल्य करिब ७ करोड ७१ लाख परेको प्रमुख पुरीले बताए । यस वर्ष करिब ३ लाख ८५ हजार केजी फ्रेश चेरीको उतपादन हुने अपेक्षा गरिएको उनले जनाए । यस वर्ष करिब ५ लाख २३ हजार केजी फ्रेश चेरी नोक्सान हुने अनमान गरिएको उनले जनाए । उक्त कफी नोक्सान हुदा करिब ५ करोड मुल्य बराबरको क्षति भएको प्रमुख पुरीले जनाए ।

प्रदेशका ८ जिल्लामा कफी नर्सरीबाट यस वर्ष २ लाख ९० हजार ५ सय वटा कफीका बोट पूर्ण रुपमा मरेको प्रमुख पुरीले जनाए । यस बर्ष प्रदेशमा ९९ हजार ७ सय ५० वटा कफीका बोट आंशिक क्षति पुगेको उनले जनाए । स्याङजामा गत वर्ष २ लाख ५६ हजार केजी फ्रेश चेरी उत्पादन भएको थियो भने यस वर्ष करिब १ लाख ६ हजार केजी फ्रेश चेरी उत्पादन हुने अपेक्षा गरिएको प्रमुख पुरीले जनाए । यस वर्ष १ लाख ५० हजार केजी फ्रेश चेरी नोक्सान भएको उनले जनाए ।

यस वर्ष स्याङजामा करिब एक करोड २७ लाख मुल्य बराबरको फ्रेश चेरीको नोक्सान भएको प्रमुख पुरीले जनाए । सबै भन्दा कम नवलपुरमा कफी खेती हुने गरेको छ । गत वर्ष नवलपुरमा ३ हजार केजी कफी उत्पादन भएकोमा यस वर्ष २ हजार फ्रेश चेरी नोक्सान हुने प्रमुख पुरीले जनाए । कफी बगैचामा करिब २ लाख कफीका विरुवा नोक्सान भएको उनले जनाए । एक देखि दुई वर्षका कफीका बिरुवा करिब ८० प्रतिशत मर्ने समस्याा रहेको प्रमुख पुरीले जनाए ।

प्रदेशमा करिब १० हजार जना व्यवसायीक कफीका किसानहरु रहेको वोर्डका प्राविधिक नगेन्द्र सुवेदीले बताए । यस वर्षको करिब दुई महिनाको अवधिमा ६० प्रतिशत कफी खेतीमा प्रत्यक्ष असर परेको उनले दाबी गरे ।

पोखरा न्युजबाट साभार

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button