भत्किएको पुलमाथि नै नयाँ पुलको ढलान

दमौली खबर संवबददाता
फागुन २५
तनहुँको पर्यटकीय क्षेत्र बन्दिपुरस्थित फूदी खोलामा १० बर्ष पहिले निर्माण गरिएको पुल भत्किन थालेपछि गाँउपालिकाले करीब १० लाख रुपैयाँ छुट्याएर उपभोक्ता समितिमार्फत पुनर्निर्माण सुरु गरेको छ ।तर, उक्त पुल पुनर्निर्माण गर्ने क्रममा भत्किएकै पुलमाथि नयाँ संरचना बनेपछि स्थानीय झन् जोखिममा परेका छन् । पुलले न त वर्षे भेल थेग्न सक्छ न त ठूला गाडीको भार थेग्न सक्छ । १० वर्ष पुरानो भएको उक्त पुल माथि नयाँ पुन निर्माण गरिएको स्थानिय हरु बताउन्छन् ।सोही वडाका सागर सापकोटाले जोखीम भएको पुलमाथी नयाँ संरचना निर्माण भएकाले जोखीम जन् बढ्ने बताए । उनले भने,“जोखीम माथी जोखीम थपेको छ, हामीले पटक पटक गुनासो गरेका थियो ।” पुल निर्माण भइरहँदाको अवस्था देखेपछि स्थानीयले विरोध गरेका थिए । यसक्रममा झडप समेत भएको छ । उक्त पुल पुनर्निर्माणका लागि जग पनि खनिएको छैन, त्यस्तै पिल्लर पनि उभ्याइएको छैन र ढलान पनि गरिएको छैन । पूरानै ग्याबिन जाली र भत्किएकै पुलको संरचनामा नयाँ पुल ढलान गरिएको छ ।उपभोक्ता समिति बनाएर पुल निर्माण भइरहेको छ । यता निर्माण समितिका अध्यक्ष विष्णु गुरुङले ईञ्जिनियको ईस्टेट्मेन्ट अनुसार काम गरेको बताए । उनले पुल पछि नभत्किने दाबी समेत गरे । उनले नगरपालिकाका इञ्जिनियरको स्टिमेट अनुसार नै पुल पुनर्निर्माण गरिएको दाबी गरे । निर्मार्णीध अवस्थामा रहेको पुललाई देखेर स्थानियले विरोध गरेपछि गाँउपालिकाले अनुगमन गरेको थियो । तर अहिले भत्केको ठाँउमा ढाकछोप गरिएको छ । गाँउपालिका अध्यक्ष पूर्णसिं थापाले पुल नभई कज वे रहेको दाबी गरे । उक्त पुलको निर्माण सहित बाटोका लागि २५ लाख छुट्याइएको थियोे । निर्माणाधीन फुदी खोलाको पुलले तनहुँको सिमल्टारबाट बन्दिपुर–धारापानी–सिमल्टार–कुवादी –कुकुर्दी लाई जोड्नेछ । पुलको निर्माण सिमल्टार बाट बन्दिपुर–धारापानी–सिमल्टार–कुवादी –कुकुर्दी मोटरबाटो उपभोक्ता समितिले गरिरहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button