सडक दुर्घटना न्यूनिकरण र सडक अनुशासन कायम गर्न ट्राफिक सप्ताह हुने

दमौली खबर संवाददाता

दमौली, वैशाख २३

ट्राफिक सम्बन्धि सचेतना जगाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले यही वैशाख २५ गते देखि ट्राफिक सप्ताह सञ्चालन गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउन प्रमुख उद्देश्यले सप्ताह सञ्चालन गर्न लागिएको हो ।

साताव्यापी सचेतनामूलक कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले अनसन चौतारीमा सोमबार विहान ९ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्टले जानकारी दिनुभयो । ‘सडक अनुशासन कायम गरी सवारी दुर्घटना न्यूनिकरण गरौं भन्ने नाराका साथ ’ सचेतना कार्यक्रम गाउँ गाउँमा पु¥याउने ट्राफिक प्रमुख विष्टले जानकारी दिनुभयो । ट्राफिक सप्ताह गण्डकी प्रदेशको ११ वटै जिल्लामा एकै साथ सुरु हुने उहाले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button