व्यक्तिगत घटना दर्ता समयमै गरौं

दमौली खबर संवाददाता

नयाँ वर्ष २०८० सँगसगै देशभर शुक्रबारबाट व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । सरकारले १ वैशाखदेखि एक साता व्यक्तिगत घटना दर्ता सप्ताह मार्फत देशै भरी कार्यक्रमहरु गरिरहेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरूक गराउन सप्ताहव्यापी अभियान सुरु गरेपनि यसले जति चर्चा पाउनु पर्ने हो पाएको छैन । शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह गरेको छ । व्यक्तिगत घटना समयमा नै गरियो भने राज्यलाई आफ्नो जनसख्याको अवस्था कस्तो छ ? कुन भुगोलमा मानिस बस्न रुचाएका छन् ? पारिवारिक मेलमिलापको अवस्था कस्तो छ ? आदि जानकारी लिन सजिलो हुन्छ । व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदा यसको महोत्सव समाजमा राम्रोसँग बुझाउन मद्धत पुग्दछ । यसलाई कर्मकाण्डी बनाउन भन्दा सचेतना प्रभावकारी बनाउनु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button