मियाको जीवन बचाउन मञ्चद्धारा अभियान सञ्चालन
दमौली खबर संवाददाता
दमौली, मंसिर ७ गते । तनहुँका एक व्यक्तिको आर्थिक अभावले उपचारमा समस्या परेको छ । व्यास नगरपालिका–६ शिसाघाट निवासी मेहरमान मियाको उपचारको लागि समस्या परेको हो ।
टाउँकोमा पानी जमेको र एक साईटमा प्यारालाईसिसको उपचारको लागि रकम नहुँदा समस्या परेको हो । मियाको जीवन बचाउनको लागि शिसाघाट स्थित महेन्द्र ज्योति मावि पूर्व विद्यार्थी मञ्चले अभियान चलाएको छ । हालसम्म मियाको उपचारको लागि एक लाख रुपियाँ संकलन भईसकेको र रकम संकलन जारी रहेको पूर्व विद्यार्थी मञ्चका अध्यक्ष भानु चापागाईले बताउनुभयो । उपचारको लागि १० लाख रुपियाँ लाग्ने चिकित्सकले बताएको उहाँले जानकारी दिनुभयो ।