जुझारु नेतृ चिनुको सांसद बन्ने सपना साकार हुने सम्भावना

दमौली खबर संवाददाता
दमौली, असोज १ । नेपाली काँग्रेसकी जुझारु नेतृ चिनु पोख्रेलको सांसद बन्ने सपना साकार हुने सम्भावना रहेको छ ।
जनताको सुख दुःखमा साथ दिने, मिठो भाषण गर्ने कला, नेतृत्वदायी क्षमता भएकाले  र नेतृ कार्यकर्तामाझ निकै लोकप्रिय भएकोले भोट धेरै आउने भएकोले सांसद हुने सम्भावना रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् । भानु नगरपालिकाको प्रमुख दाबी गर्नु भएकी पोखरेललाई सांसद बन्ने आश्वासन त्यति नै बेला पाएकोेले समानुपातिकमा छनोट गर्नेमा उहाँ ढुक्क हुनुहुन्छ । पार्टीले प्रत्यक्ष तर्फ टिकट दिए मैदान होमिने बताउनु भएकी पोख्रेल समानुापतिक तर्फ उम्मेदारको लागि नाम दर्ता गर्नु भएको छ । हाल महासमितिको सदस्य रहनु भएकी पोख्रेलको कलिलै उमेर देखि नै काँग्रेस प्रतिको झुकाव रहेको थियो । उहाँ नेपाल विद्यार्थी संघ मा २०४३ सालमा हिमालय माविको सचिव भएर राजनीतिमा होमिनु भएको थियो । २०४६ सालमानै पोख्रेलले गोरखाको दक्षिण भेगमा महिला नेतृको रुपमा कोण सभा र आम सभा गर्नु भएको थियो ।
पोख्रेल २०५८ सालमा नेपाल तरुणदल जिल्ला कार्य समितिको सदस्य बन्नु भएको थियो । यसै गरी उहाँ नेपाल ट्रेड युनियन काँग्रेसको उपाध्यक्ष तथा केन्द्रीय प्रतिनिधी बन्नु भएको थियो ।  उहाँ नेका क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर १ को एक कार्यकाल सचिव हुनु भएको थियो । उहाँ नेपाली काँग्रेसको महाधिवेश प्रतिनिधी ३ कार्यकाल बन्नु भएको थियो । यस्तै उहाँ नेपाल महिला संघको केन्द्रीय सदस्य हुनु भएकी पोख्रेलको काँग्रेसमा राजनीतिक योगदान दिएको र बौद्धिक र जुझारु नेता भएकोले समानुपातिकमा छनोट हुने सम्भावना रहेको छ । राज्यलाई परेको समस्याको उजागर गरी समाधान गर्न, राज्यको लागि आवश्यक पर्ने विद्ययकहरु संशोधन गर्न र कानुन निर्माण गर्न, देशको आर्थिक वृद्धि गर्न, बैदेशिक रोगगारी कम गर्दै स्वदेशमै उद्योगहरु खोली युवाहरुको व्यवस्थापन गर्न, महिलाको हक, हित र सुरक्षाको उजागर गर्न उम्मेदवार बनेको पोख्रेल बताउनुहुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button