रेडक्रसको स्थापना दिवसमा हाजिर जवाफ प्रतियोगिता

दमौली खबर संवाददाता
दमौली, भदौ १९
नेपाल रेडक्रस सोसाइटीको ६० औं दिवसको अवसरमा सोमबार माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरिएको छ ।  जिल्ला रेडक्रस सोसाइटी तनहुँको आयोजनामा म्याग्दे गाउँपालिकाको  मिन मा वि थर्पुमा प्रतियोगिता गरिएको हो ।   सहभागी २२ ओटा विद्यालहरु मध्ये सत्यवती मा वि दमौली प्रथम, मिन मा वि थर्पु दोस्रो र सरस्वती सदन मा वि भानु तेस्रो भएको छ । प्रथम, द्धितिय र तृतियलाई चार हजार , तीन हजार र दुई हजार प्रदान गरिएको थियो ।
 नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखा सभापती कृष्णहरि वाग्लेको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा रेडक्रस सोसाइटी जिल्ला उपसभापति ऋषिराम पोखरेल, सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलीप कुमार श्रेष्ठ, प्रअ, राजेन्द्र भण्डारी,युवा रेडक्रस गण्डकी प्रदेश समिति संयोजक राम दत्त पौडेल,,सदस्य सुनिता तिवारी तथा आयोजक विद्यालयका प्रअ  राजेन्द्र भण्डारी, वरिष्ठ शाखा अधिकृत शिवकाजी पिया लगायत व्यक्तित्वहरुले रेडक्रसको मानवी य अभियान तथा युवारेडक्र गतिविधिको बारेमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । युवा रेडक्रस सर्कल मिन माविका अध्यक्ष कामना श्रेष्ठको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button