काँग्रेस नेता जोशीको जिल्ला भ्रमण

दमौली/नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले १४औं अधिवेशनमा लागेका नेता कार्यकर्ताहरुका बीच आफ्नो निर्वाचन कार्यक्रम जस्तो निर्वाचन क्षेत्र भ्रमणको कार्यक्रम सार्वजनिक गरेर जिल्याई दिएका छन् ।
१४औं अधिवेशनलाई बहिष्कार गर्न आव्हान गरेका काँग्रेस नेता जोशीको निर्वाचन क्षेत्र भ्रमण कार्यक्रम कार्तिक २२ गतेबाट शुरु हुन्छ । २८ कार्तिकसम्म एक हप्ता जिल्लामा व्यस्त रहने कार्यक्रम तालिकाले देखाएको छ ।

कार्तिक २२ गते विहान ८ बजेबाट रामचे, उल्लयाहार, कालपोखरी र चाप खर्क, मानेचौका, रुपाकोट फेदी, टुहुरे पसल, ढाडका स्थानीयहरुसंग भेटघाट सकेर साँझ मानेचौकामा बास बस्ने कार्यक्रम रहेको छ ।

दोश्रो दिन २३ गते दुधेकुना, कालिमाटी, याङसिंह, कोटगाउँका स्थानीयसंग भेटघाट गरी कोटगाउँमै बासको कार्यक्रम रहेको छ ।

तेश्रो दिन २४ गते लौडारी भञ्ज्याङ, चन्दनी, कामी भञ्ज्याङ्ग, थानीको थान, रम्घावेशी, महन्ते हटिया, हुँदै साँझ स्थानीयसंग भेटघाट गर्दै देउरालीटारमा बास बस्ने कार्यक्रम रहेको छ ।

चौथो दिन कार्तिक २५ गते बाईस जाँगर, बगालेफाँट, तुरतुरे, चामवास, खहरेका स्थानीयसंग भेटघाट गरी साँझ दमौली बास बस्ने कार्यक्रम रहेको छ ।
पाँचौ दिन कार्तिक २६ गते भादगाउँ, चारकुने, छाब्दी गर्ने कार्यक्रम रहको छ ।

छैटौ दिन कार्तिक २७ गते व्यास वडा नं. २, वडा नं. ३ वीसघरे क्षेत्र समेत, वडा नं. ४ का वडाबासीसंग भेटघाट कार्यक्रम रहेको छ ।

अन्तिम सातौ दिन कार्तिक २८ गते भानु वडा नं. १, २ को नारेश्वरटार समेत, टुहुरे पसल, पड्के पसल, वडा नं. ४ र ५ का वडावासीसंग सेपा बगैचामा भेटघाट गर्ने कार्यक्रम सकेर काठमाण्डौ फर्कने कार्यक्रम नेता गोविन्दराज जोशीले सार्वजनिक गरेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button