उपनिर्वाचनका लागि कर्मचारीको विवरण संकलन

दमौली खबर संवाददाता

दमौली, चैत्र १५

वैशाख १० गते तनहुँ क्षेत्र नं. १ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि ७ सय ६० जना कर्मचारीहरु खटिने भएका छन् । गत मंसिरमा सो सङ्ख्यामा खटिएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

उपनिर्वाचनका लागि आवश्यक कर्मचारीहरुको विवरण लिने काम भइरहेको कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । प्रत्येक निर्वाचन केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, २ जना सहायक कर्मचारी, १ जना कार्यालय सहयोगी गरी ५ जना रहने तनहुँ क्षेत्र नं. १ को उपनिर्वाचनमा १ सय ५२ वटा केन्द्र रहेको ढकालले बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानले सुरक्षा व्यवस्था मिलाउने भएकाले म्यादी प्रहरी आवश्यक नपर्ने कार्यालयले जनाएको छ । तनहुँ क्षेत्र नं. १ मा हुने उपनिर्वाचनमा क्षेत्र नं. २ का बढी कर्मचारीहरु खटाउन सकिने जिल्ला निर्वाचनको कार्यालयले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button