पराशरको ३१औं वार्षिकोत्सव सम्पन्न

दमौली खबर संवाददाता

दमौली, माघ १४

तनहुँको व्यास नगरपालिका ५ बेनीपाटन स्थित पराशर माध्यमिक विद्यालयको ३१औं वार्षिकोत्सव तथा अभिभावक सम्मेलन शनिबार सम्पन्न भएको छ । वार्षिकोत्सवको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले उद्घाटन गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख न्यौपानेले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार हुनुपर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्रीको सभापतित्वमा भएको सो कार्यक्रममा व्यास नपा वडा नं. ५ का अध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल), निर्मल माविका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत, पूर्व प्रधानाध्यापक हेम पौडेल, पूर्व शिक्षक परशुराम गिरी, पाटन टोलका अध्यक्ष महेन्द्र गिरी, शिक्षिका अनिता काफ्ले लगायतकाले शैक्षिक क्षेत्रको विकासको लागि सबै जना एक जुट भएर लाग्नु आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो ।

विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको । सोही अवसरमा विद्यालयको भौतिक तथा शैक्षिक विकासमा योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button