गण्डकीमा थपिए १ सय ६५ संक्रमित

गण्डकी प्रदेशमा ८ जिल्लाका बुधबार थप १ सय ६५ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ४ सय १ जनाको पिसीआर परिक्षण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । तीमध्ये २ सय ३६ रिपोर्ट नेगेटिभ आएको छ । थपिएका संक्रमित सबैभन्दा बढी कास्कीमा ६७ जना छन् । नवलपुरमा ६३ जना, तनहुँमा ११ जना, बाग्लुङमा ८ जना, स्याङजामा ६ जना, पर्वतमा ५ जना, गोरखामा ३ जना र लमजुङमा २ जनालाई कोरोना पुष्टी भएको हो । म्याग्दी, मुस्ताङ र मनाङमा भने संक्रमित थपिएनन् ।

बुधबार ४८ जना संक्रमित निको र १ जनाको मृत्यु भएको निर्देशनालयले जारी गरेको विवरणमा उल्लेख छ । बुधबार थपिएका संक्रमितसंगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ११ हजार ४ सय ७९ पुगेको छ । तीमध्ये ६ हजार ५ सय ९४ जना निको भएका छन् भने १ सय ४२ जनाको मृत्यु भएको छ । हालसम्म गण्डकीमा १ लाख ६ हजार ३ सय ६६ पिसीआर परिक्षण गरिएकोमा ९४ हजार ८ सय ८७ रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्लागण्डकीमा एकै दिन ३० जनाले जिते कोरोना

तनहुँको शुक्लागण्डकी नगरपालिकामा बुधबार एकै दिन ३० जनाले कोरोना भाईरस जित्न सफल भएका छन् । सोमबार होम आईसोलेसनमा रहेका ३२ जनाको स्वाब संकलन गरी पिसीआर परिक्षणका लागी पोखरा पठाईएकोमा ३० जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।

होम आईसोलेसनमा रहेका शुक्लागण्डकी–२ का ३७ बर्षीय पुरुष र शुक्लागण्डकी–५ की ५७ बर्षीया महिलाको भने फेरी पनि रिपोर्ट पोजेटिभ आएको छ । शुक्लागण्डकीमा हालसम्म १ सय ९७ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । तीमध्ये करिब १ सय ७४ जना निको भएको स्वास्थ्य शाखाको तथ्याङक छ । ३ जना संक्रमितको मृत्यु भएको जनाईएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button