पर्यटन प्रवद्धन गर्न खैरेनीटारमा शुक्लागण्डकी महोत्सव हुँदै फागुन १८ देखि २९ गते सम्म सञ्चालन गरिने

दमौली खबर संवाददाता

दुलेगौंडा, फागुन १४ ।

यही फागुन १८ देखि २९ गते सम्म खैरेनीटार बजारमा शुक्लागण्डकी महोत्सव–२०७९ गरिने भएको छ । पर्यटन प्रवद्धन गर्ने मूख्य उद्धेश्य महोत्सव गर्न लागिएको शनिबार दुलेगौंडामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सवको उपप्रधान मन्त्री नारायणकाजी श्रेष्ठले संस्थापक मुख्यमन्त्री उद्घाटन गर्नेछन् । विभिन्न जातजाती र सुमदायको कला सँस्कृती झल्काउने झाँकीले खैरेनीटार बजार परिक्रममा गरेर महोत्सवको उद्घाटन गरिने पत्रकार सम्मेलनामा जानकारी दिईयो ।

शुक्लागण्डकीको धार्मिक, पर्यटकीय स्थलसँगै स्थानीय कला सँस्कृति र कृषि उपजको प्रर्बद्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको निर्देशक समुन्द्रराम श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा स्थानीय कला सँस्कृतिसँगै घरेलु तथा कृषि सामाग्रीको प्रर्दशनी, लोक गायन प्रतियोगिता, भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, तानडोरी , नृत्य प्रतियोगिता,रत्यौली प्रतियोगिता, दैनिक ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, लाइभ कन्सर्ट, दैनिक उपभोग्य बस्तुको खरिद तथा विक्री हुने महोत्सव मुल संयोजक विमलप्रसाद रिमालले बताउनुभयो । महोत्सवबाट भएको आम्दानीको ४० प्रतिशत सामाजिक क्षेत्रमा खर्चने जनाईएको छ ।

महोत्सव आगामी ५ बैशाखसम्म चल्नेछ । महोत्सवको प्रतिनिधी सभा सदस्य तथा नेपाली कांग्रेसका केन्दी्रय सदस्य एवम् पुर्वमन्त्री शंकर भण्डारीले समापन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष वसन्त ज्वारचन, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका महासचिव उपेन्द्र तिमिल्सेना लगायतले सबैजनाले साथ र सहयोग गरेर महोत्सव सफल बनाउन लाग्नु आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो ।

प्रचार प्रसार समितिका संयोजक हरि थापाले सास्कृतिक झाँकी पर्दशनी, दगाम भुजिकोट अवलोकन, मिलेनियम ट्रेकको व्यवस्था, धार्मिक तथा ऐतिहासिक स्थलको अवलोकन, रक गार्डेने, नृत्य प्रतियोगिता, लोक गायन प्रतियोगिता, सास्कृतिक कार्यक्रमहरु, भलिबल प्रतियोगिता, लगायतको आर्कषण रहेको जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button