झन्झट बाट मुक्त भएकोमा केही गुनासो रति भर छैन- सांसद खान

दमौली
माधव नेपाल पक्षकी निवर्तमान सांसद कलिला खान्ले आफुलाई पार्टीले कारबाही गरेकोमा गुनासो रति भर पनि नरहेको सामाजिक संजाल फेस्बुकमा लेखेकि छन् । उनले प्रधानमन्त्रीलाई बिश्वासको मत नदिएकोमा कारबाही गरेको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएकी छिन् । उनले सामाजिक संजाल फेस्बुकमा लेख्छिन् ।
” प्रधानमन्त्रीलाई भोट नहालेको भनी कारबाही गर्नु भएकोमा धन्यवाद छ काम चलाउन प्रधानमन्त्री
ओलिले अझै १(२ लटलाई कार्वाही गर्न बाँकी छ।होला त्यस पछि एमाले ओलिको भारदारी सभामा परिणत हुने छ, जहाँ माथी खड्ग ओलि महाराजको सिंहासन हुने छन र तल उनको जयजयकार गर्ने उनका दासहरु मात्र बाँकी रहनेछन। त्यहाँ बिचार हैन हुकुमी शासन चल्ने छ। ओलिबाले जे बोल्छन त्यो पार्टीको निर्णय हुनेछ। आदेश पालकहरु जि हजुरी गर्दै शिर निहुराएर हात जोड्दै थरथर काँप्दै आदेश कुरेर बसिरहेका हुनेछन। त्यहाँ बिचार शुन्य हुनेछ, बहस हुने छैन केबल ओलिले आदेश दिनेछन, मालिकले जे आदेश दिन्छन दासहरुले त्यही बोल्नेछन, ताली पिट्नेछन।यो झन्झट बाट मुक्त भएकोमा केही गुनासो रति भर छैन ” .

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button