गण्डकी प्रदेशमा नै पहिलो पटक व्यास नगरपालिकामा जग्गा एकीकरण आयोजना सुरु

दमौली खबर संवाददाता

दमौली, चैत १०

गण्डकी प्रदेशमा नै पहिलोपटक व्यास नगरपालिकामा जग्गा एकीकरण आयोजना सुरु भएको छ ।

नगरपालिकाले वडा नं. १० बैरेनीमा बैरेनी जग्गा एकीकरण आयोजनाको काम सुरु गरेको हो । विहिवार व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले भूमी पूजन गरेर आयोजनाको सुरुवात गर्नुभयो ।

व्यवस्थित शहर निर्माण गरि सबै पूर्वाधारले विकास गरि गण्डकी प्रदेशकै नमूना शहर निर्माण गर्ने उदेश्यले बैरेनी क्षेत्रको एक लाख ३२ हजार ८ सय १४ वर्ग मिटर अर्थात २ सय ६१ रोपनी क्षेत्रफल ओगटेको छ । आयोजना भित्र सडक÷दल, स्लाब कल्र्भट, विद्युत प्रसारण लाइन तथा पोल र ढलको व्यवस्थापन लगायतका पूर्वाधार निर्माण गरिने छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आयोजनालाई सफल बनाएर देशैभरीको नमुना सहर बनाउनु पर्ने बताउनुभयो ।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको प्राविधिक सहयोग र नगर विकास कोषको १३ करोड बहत्तर हजार १ सय ६५ रुपैयाँको ऋण सहयोगमा दुई बर्ष भित्र सम्पन्न हुने आयोजनाका प्रमुख रविन्द्रलाल मूलले बताउनुभयो । व्यास नगरपालिका नगर प्रमुख वैकुण्ठ न्यौपाने सबल बस्ती विस्तारको लागि यो आयोजना कोशेढुङ्गा सावित हुने बताउनुभयो । प्रारम्भिक चरणमा जग्गा सम्याउने तथा टेवा पर्खाल निर्माणका लागि ८५ लाख ५८ हजार ९ सय ७० रुपैयाँमा विश्वास एण्ड बिपु कन्स्ट्रक्सन ले गर्नेछ । उक्त आयोजना सम्पन्न गर्न नगर विकास कोषसंग भएको सम्झौता बमोजिम कुल आयोजना खर्चको ७० प्रतिशत रकम नगर विकास कोषबाट ऋण तथा बाँकी ३० प्रतिशत व्यास नगरपालिकाद्धारा बेहोरिने गरि सञ्चालन गरिने जनाइएको छ ।

व्यास नगरपालिका वडा नं. १० का निवर्तमान वडाअध्यक्ष तुलशीराम सापकोटा, सुरुका दिनमा स्थानियले अबरोध गरेतापनि आपसी समन्वयको आधारमा यो आयोजना सञ्चालनमा भएकोमा खुशी व्यक्त गर्नुभयो ।

आयोजनका अध्यक्ष श्रीराम कुँवरको अध्यक्षतामा भएको कार्यक्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुले आयोजनालाई सफल बनाउन राजनीतिक आग्रह र पूर्वाग्रह नगरी काम गरिनु पर्नेमा जोड दिनु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button