छिम्केश्वरी धार्मिक पर्यटन मार्गको कालोपत्रेको तयारी अन्तिम चरणमा पुगेको छ ।

दमौली खबर संवाददाता

तनहुँ । फागुन १२

महाभारत पर्वत श्रृँखलाको उच्च भागमा रहेका छिम्केश्वरी मन्दिरमा पुग्ने सडक आँबुखैरेनीबाट लाब्दीसम्म कालोपत्रे तयारी अन्तिम चरणमा पुगेको हो । हाल टेवा पर्खाल, साइड कटिङ, नाला निर्माण, वेसमेन्टको काम र ग्राभेल गर्ने काम सकिएको छ । सम्झौता अनुसारको ७५ प्रतिशत काम सकिएको र कालोपत्रे गरेपछि सबै काम पूरा हुने साइड इञ्चार्ज शिव रिजालले बताउनुभयो ।

फागुनको तेस्रो साताबाट कालोपत्रे सुरु गर्ने र चैत महिना भित्र सक्ने गरी कामको गरिने उहाँले जानकारी दिनुभयो । तीन इन्च बाक्लो कालोपत्रे रहने सडकमा जुगेडीबाट मेसिन ल्याएर कामको थालनी गर्न लाागिएको रिजालले बताउनुभयो । रिजालका अनुसार यस अघि एक हजार २०० मिटर कालोपत्रे गरिसकिएको रिजालले बताए । कूल १६ किमी सडकको बाँकी खण्ड कालोपत्रे गर्न लागिएको र यसका सबै काम वर्षात सुरु हुनु अघि सक्ने गरी काम गरिने बताईएको छ ।

छिक्केश्वरीलाई गोरखामा रहेको मनकामनाको दिदी भएको धार्मिक विश्वास रहेको छ । यहाँ पुजा गरेमा मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । गण्डकी प्रदेश सरकारको ३६ करोड रुपियाँ र संघीय सरकारको समपुरक बजेटबाट ६ करोड बिनियोजित भई कालोपत्रे गर्न लागिएको गाउँपालिकाले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज रुपमा दर्शन गर्नको लागि कालोपत्रे गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button