आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउँदै

दमौली खबर संवाददाता

दमौली, फागुन १२
तनहुँको एक पालिकाले स्वास्थ्यलाई प्राथमिकता दिएको छ । आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्यलाई प्राथामिकतामा राखेर काम गर्दै आएको हो । गाउँपालिकाले आँबुखैरेनी बजारमा १५ बेड क्षमताको अस्पताल सञ्चालनमा ल्याएपछि गोरखा, चितवन र तनहुँका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउँदै आएका छन् । अस्पतालमा एक जना एमडिजिपी, दुई जना मेडिकल अधिकृत र स्वास्थ्यकर्मीले बिरामीलाई सेवा दिदै आएका छन् ।

गाउँपालिका कार्यालयले भरतपुर आँखा अस्पतालसंग सम्झौता गरी चैत्रदेखि आँखा उपचार सेवा प्रवाह गर्न लागेको अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उक्त सेवाका लागि भरतपुर आँखा अस्पतालले दुई जना र एक जना गाउँपालिकाले कर्मचारी व्यवस्थापन गरी सेवा प्रवाह गर्न लागेको उहाँले बताउनुभयो ।

गाउँपालिका कार्यालयले बार्षिक रु.६ लाख दिने र टिकट दस्तुरबाट संकलन भएको रकमको २० प्रतिशत गाउँपालिकालाई फिर्ता गर्ने सहमति भएको छ । गाउँपालिका आसपास क्षेत्रमा आँखा उपचारका लागि दुई वटा कोठा उपलव्ध गराउनुपर्ने सहमति भएको सो गाउँपालिका कार्यालयले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button