इशानेश्वर मन्दिरमा धुमधामसँग गरियो नागपुजा
दमौली खबर संवाददाता
दमौली, भदौ ५
व्यास नगरपालिका–२ पुलजिप, अमरापुरी स्थित इशानेश्वर महादेव मन्दिरमा धुमधामसँग नागपुजा गरिएको छ । मन्दिरसँगै रहेको नागको मूर्तिमा विशेष पुजा अर्चना गर्दै मनाईएको हो ।
सोमबार नागपञ्चमी रहेकोले मन्दिरमा हिन्दुधर्मालम्बीहरुको भिड लागेको थियो । सो पुलजिपमा स्थानीय बासिन्दाहरुको सक्रियतामा मन्दिर निर्माण गरिएको छ । मन्दिर र टोललाई स्वच्छ, सफा बनाउने काम समेत चन्द संकलन गरिएको हो । मन्दिर संरक्षण समितिले दिएको जानकारी अनुसार चार लाख ५० हजार रुपैयाँ खर्च गरी मन्दिर निर्माण, प्रतिक्षालय, पुल र चौतारीको रंगरोगन गरिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कनारायण कायस्थले ८० लाख रुपैयाँको लागतमा वाग्लुङबाट काली गण्डकी नदीबाट सालिग्रामको शिलालाई कुँदेको नागको मूर्ति सहयोग गर्नु भएको छ । दान संकलनबाट सालिग्राम शिलाबाट एक लाख ३५ हजारमा शिवमूर्ति खरीद गरी मन्दिर निर्माण गरिएको छ ।