भानु जयन्तीको शु्भकामना

आज २०९औं भान्जयन्ती देशभर विविध कार्यक्रम गरी मनाईदै छ । वि. सं. १८७१ असार २९  नेपाली साहित्यका प्राथमिक(प्रथम) कालका प्रतिनिधि कवि हुनुहुन्छ भानुभक्त आचार्य । भानुले प्रश्नोत्तर (वि.सं. १९१० ), भक्तमाला (वि.सं. १९१०), वधूशिक्षा(वि सं १९१९) लगायतका कृतिहरू लेख्न्ु भएको । उहाँका पाण्डुलिपिहरू लाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि भानुभक्त नेपाली साहित्यमा प्रख्याती कमाउनु भएको थियो । त्यस समयमा नेपाली भाषामा कविता लेख्न कुनै पनि कविले शाहस गर्दैनथे तर भानुले आम नेपालीको जनजिब्रो झुण्डिने रामयाणको रचना गरेर नेपालीहरुलाई एकतामा बाध्नुभयो । भानुले कविताको माध्यमबाट नेपालीको पहिचान विश्वभर प्ु¥याउनुभयो । भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहूँको रम्घामा भएको थियो बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका भानुले  एउटा घाँसीको घाँस काटेर आएको आम्दानीबाट कुवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ । भानु सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्न सक्ने विलक्ष्यणको क्षमता रहेको थियो । भानुलाई स्वदेशमा भन्दा विदेशमा बढी मान सम्मान पाएको अनुभूति हुने गरेको छ । भारतको दार्जलिङमा जुन उत्साहको साथ भानु जयन्ती मनाइन्छ त्यति  उत्साह नेपाल ह्ँदैन । भानुभक्त जन्मेको माटोलाई सम्मान गर्दै पुजा  गर्छन् । भानुभक्त आचार्य कविता प्रेरणा दायक छन् । यसलाई व्यापकता दिनु पर्छ । भानुभक्त आचार्यलाइ असार २९ गते एक दिनमात्रै सम्झने नभई सधैं सम्झनु ज्ररुरी छ । भानु जयन्तीको हार्दिक शुभकामना छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button