भजन संंकृतन समूहको अध्यक्षमा गौतम

दमौली खबर संवाददाता

तनहुँको व्यास–५ मा रहेको भजन संंकृतन समूहद्धारा संचालित दिवाकालिन जेष्ठ नागरिक आश्रमको अध्यक्षमा विष्णु गौतम चयन भएका छन् । संस्थाको पाँचौ साधारण सभा एवं तेश्रो अधिवेशनले गौतमलाई सर्वसम्मत चयन गरेको हो ।

यस अघि गौतम कार्यबाहक अध्यक्ष हुनुहुन्थ्यो । उपाध्यक्षमा आईतमाया थापा, सचिवमा शरण खनाल, सहसचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा सुरेन्द्र खनाल, सहकोषाध्यक्षमा पदम कुमार श्रेष्ठलाई चयन गरेको छ । सदस्यहरुमा तेजप्रसाद अधिकारी, खुमा थापा, राजकुमार श्रेष्ठ, रोशन खनाल, शोभा खनाल, दिलमाया आले, र अमृता खनाललाई सर्वसम्मत रुपमा चयन हुुन भएको छ । अधिवेशनको वयोवृद्ध वुवा मानसिंह थापाले उद्घाटन गर्नु भएको थियो ।

साधारणसभाका संस्थाको कोषाध्यक्ष हरिशरण आचार्यले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । त्यस्तै गरि कार्यक्रममा चापाघाट टोल विकास संस्थाका अध्यक्ष नर वहादुर आले, भुपु सैनिकका अध्यक्ष मानध्वज थापा, आदिकवि भानुभक्त क्याम्पस संचालक समितीका अध्यक्ष वुद्धिमान श्रेष्ठ, अम्विका आचार्य, लगायतले धारणा राख्नु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथी व्यास–५, का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले भजन संकृतन समुह विशुद्ध मानवीय संस्था भएको हुदाँ वृद्धवुवा आमाको सम्मान आजको आवश्यकता भएको वताउनुभयो । संसारमा सवैभन्दा ठुलो धर्म नै मानव धर्म भएको हुदाँ संस्थाले वृद्धवृद्ध लक्षित विभिन्न कार्यक्रम गर्नुपर्ने वताए । संस्थाले वृद्धवृद्धलाई भजन किर्तन, खाने, वस्ने र रमाउने व्यवस्था गरेको हुदाँ अवको दिनमा अरु परिस्कृत रुपमा मानव सेवामा लाग्नुपर्ने वताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष गौतमले सवैको साथ र सहयोगले यो सस्था यहाँसम्म आईपुगेको हुदाँ संस्थाको आवश्यकता र मर्म अनुसार काम गर्ने वताउनुभयो । भजन संकृतन समुहले वृद्धवृद्धलाई लक्षित गरि खाने, वस्ने, भजन सुन्ने, गाउने, वजाउने र रमाउने लगायत विभिन्न व्यवस्था गर्दै आईरहेको छ । अध्यक्ष गौतम सञ्चारकर्म र सामाजिक कार्य दुवै एकसाथ अगाडी बढाउनु भएको छ । गौतम भजन किर्तन अतिरिक्त नेपाल रेडक्रस सोसाईटीमा आबद्ध भएर क्रियाशिल हुनु भएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button