करेन्ट लागेर घाईते शिक्षक रोकायको मृत्यु

दमौली खबर संवाददाता

तनहुँ, वैशाख ५ गते

करेन्ट लागेर घाईते भएका दुई शिक्षक मध्य एकको मृत्यु भएको छ ।

घिरिङ गाउँपालिका– २ पार्वती आधारभुत विद्यालयमा कार्यरत शिक्षक वर्ष .२७ को जीवन रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ । बझाङ तल्लोकोट गाउँपालिका– २ स्थायी घर हुनु भएका शिक्षक रोकायको विद्यालय छुट्टि भई घर फर्कने क्रममा ग १३ प ७०९ न. को मोटरसाईकल सडक छेउमा लत्रिएको थ्री फेसको लाईनको तारमा छुन गई करेन्ट लाग्दा घाईते हुनु भएको थियो ।

घाईते शिक्षकको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । मोटरसाइकल चालक जिल्ला लम्जुङ मध्यनेपाल नगरपालिका–७ कपरपुटार बस्ने वर्ष ५० को तिर्थ घिमिरे घाईते हुुनु भएको छ । करेन्ट लागेर घाईते भएपछि दुवै जनालाई पोखरा लगिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button