तनहँुमा बढ्यो कोरोना ग्राफ

तनहुँमा दैनिक कोरोना भाइरस संक्रमणको ग्राफ बढ्दै गएको छ । मङ्गलबार भने ९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको परीक्षण अनुसार ४ महिला र ५ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार शुक्लागण्डकी नगरपालिका–१० की २३ वर्षीया महिलालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षण अनुसारा शुक्लागण्डकी नगरपालिका–५ का ५०, २८, ३४ वर्षीया महिला, ८, ४२ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिका–८ का २८ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिका–१० का १७ वर्षीय पुरुषलाई सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा देवघाट गाउँपालिका–२ का २१ वर्षीय पुरुषलाई सङ्क्रमण पुष्टि भएको छ । शुक्लागण्डकी नगरपालिका–१० की २३ वर्षीया महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् । यस अघि सोमबार एकै दिन १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै स्थानिय तहले सबै क्षेत्र खुल्ला गदै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय तनहँुको अनुसार जिल्लाको घिरिङ गाँउपालिकामा मात्रै कोरोनाका शुन्य बिरामी रहेका छन् । कार्यलयका प्रमुख शंखरबाबु अधिकारीका अनुसार जिल्लामा कोरोनाका सक्रिय संक्रमीत एक सय २७ रहेको छ । त्यस्तै होम आईसोलेसनमा २३ जना रहेका छन् बाँकी विभिन्न ठाँउको आईशोलेसनमा रहेका छन् । क्वारेन्टाईनमा ७६ जना रहेका छन् । स्वास्थ्य कार्यालयको अनुसार हाल सम्म जिल्लामा सात हजार दुई सय २२ जनाको पिसिआर परिक्षण गरिएको छ । पछिल्लो २४ घन्टामा जिल्लामा पाँच जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यो सँगै कुल डिस्चार्ज हुनेको संख्या दुई सय ३१ पुगेको छ । तनहँुमा हाल सम्म ४ महिलाको ज्यान गएको छ ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button