गठबन्धनको सरकार बनेपछि तनहुँमा अरबौंको रकम आएको पौडेलको भनाई

दमौली खबर संवाददाता
दमौली, २७ असोज
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गठबन्धनको सरकार बनेपछि मात्रै तनहुँमा विकास बजेट परेको बताउनु भएको छ ।  बिहीबार नेपाली काँग्रेस क्षेत्र नम्बर १ तनहुँले दमौलीमा गरेको अगुगवा कार्यकर्ता अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । केपी ओलीको सरकार हुँदा तनहुँका विकास अबरुद्ध भएको उल्लेख गर्दै पौडेलले हालै मात्रै तनहुँको विकासको लागि दुई अरब बजेट आएको दाबी गर्नुभयो ।
      साथै दुई तिहाई बुहमत ल्याउनको लागि नै गठबन्धन गरिएको पौडेलको भनाई थियो । संविधान, गाउँको अधिकार,दलित, महिला, अल्पसङ्ख्यक, उपेक्षिक वर्ग, जनजातीले पाएको अधिकार रक्षाको लागि गठबन्धन अनिवार्य भएको पौडेलले बताउनुभयो । ‘नेपालको संविधानको रक्षा र प्रतिगमन विरुद्धको लडाईको लागि गठबन्धन आवश्यक परेको हो’ वरिष्ठ नेता पौडेलले बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले जनताको लामो  सङ्घर्ष, त्याग, बलिदानी लोकतन्त्र प्राप्ती भएको अधिकारलाई समाप्त पार्ने खेलका बिरुद्ध सत्तारुढ गठबन्धनका उम्मेदवारलाई विजय गराउन कार्यकर्तालाई आग्रह गर्नु भयो ।
 कार्यक्रममा नेकपा माओवादीको पोलिटव्युरो सदस्य तथा तनहुँ क्षेत्र १ को ‘ख’ का उम्मेदवार हरिबहादुर चुमानले केपीले अधिनायकबाद लादेर देशलाई अध्यारो सुरुङमा लैजान लागेको बेला गठबन्धनले कदम रोक्न सफल भएको बताउनुभयो । गठबन्धनले जनताको अधिकार रक्षा सकेको उल्लेख गर्दै चुमानले गठबन्धनकै नेतृत्वमा पुनः सरकार बनाउन चुनावी तालमेल गर्नु परेको बताउनुभयो । कार्यक्रममा गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यमा तनहुँ क्षेत्र नम्बर १ क बाट उम्मेदवारी दिनु भएका नेपाली काँग्रेसका नेता अशोककुमार श्रष्ठले  सबै जना एक ढिक्का भएर घरदैलोमा भोट माग्न कार्यकतालाई आग्रह गर्नुभयो ।  नेपाली काँग्रेसक्षेत्र नं.१ का सभापति श्याम मौरतीको अध्यक्षतामा कार्यक्रम भएको थियो । यस अघि नेता पौडेले तनहुँ क्षेत्र नम्बर १को चुनावी  सम्पर्क कार्यालयको उद्घाटन गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button