सेवा निवृत्त २२ जना शिक्षकहरुलाइ २ महिनाको प्रोत्साहन भत्ता दिइने

दमौली खबर संवाददाता
दमौली, भदौ २८ । व्यास नगरपालिका भित्रका सेवा निवृत्तभरण भएका सामुदायिक विद्यालयका २२ जना शिक्षकहरुलाई सम्मान गरिने भएको छ । प्राथमिक तहका ति शिक्षकहरुलाई  आज बाल दिवसको दिन दमौलीमा सम्मान गरिने भएको हो ।
  प्राथमिक तहमा स्थायी शिक्षक पदमा कार्यरत रही दरबन्दी मिलान कार्यमा सहयोग पु¥याउने ति शिक्षकहरुलाई सम्मान गरिने व्यास नगरपालिकाका शिक्षा अधिकृत नविन पराजुलीले जानकारी दिनुभयो  । २०७८ पुस मसान्तभित्र स्वेच्छिक अवकास भइ निवृत्तभरण हुने ति शिक्षकहरुलाई सम्मान गरिने  । बाल दिवसको अवसर पारी आज बुधबार ति शिक्षकहरुलाई सम्मान गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाको सभाहलमा सेवा निवृत्तभरण शिक्षकहरुलाई दोसल्ला ओढाइ कदरपत्रद्वारा सम्मान गरिने सोही शाखाका प्राविधिक सहायक किशोर वास्तोलाले बताउनुभयो ।
  ति शिक्षकहरुलाई २ महिना बराबरको प्रोत्साहन रकम समेत प्रदान गरिने उहाँले बताउनुभयो । दरबन्दी मिलानमा सहयोग पु¥याउने ति निवृत्तभरण शिक्षकहरुलाई सम्मान गर्न लागिएको व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखाले जनाएको छ ।
  तनहुँ जिल्लाभित्र ५३ वटा पुल दरबन्दी रहेको र सो दरबन्दी पालिकाको समग्र प्राथमिक तहको दरबन्दीमा बढी हुन आएकाले मिलान गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट परिपत्र जारी भएपछि सो कार्य अगाडि बढाइएको हो ।  सोही दिन पहिलो सत्रमा शिक्षक सम्मान, दोस्रो सत्रमा चित्रकला, निबन्ध, वक्तृत्वकला प्रतियोगिता हुने र विद्यार्थीहरुलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको प्राविधिक सहायक वास्तोलाले बताए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले ति शिक्षकहरुलाई सम्मान गर्नेछन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button