राष्ट्रपति पौडेलद्धारा पदभार ग्रहण

दमौली खबर संवाददाता

काठमाडौं, फागुन ३०

नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यसैबीच राष्ट्रपति पौडेलले कार्यभार सम्हाले पछि उहाँको जन्मस्थलको बासिन्दामा खुसी छाएको छ ।

देशको उच्च ओहोदामा पुगेकाले विकास निर्माण कार्य प्राथमिकतामा पर्ने विश्वासमा गाउँबासी रहेका छन् । राष्ट्रपति पौडेलको जन्मघरसँगै बस्नु भएका व्यास नगरपलिका–८ रिस्तीका रामप्रसाद मिश्रले सबै स्थानीय बासिन्दा उत्साहित भएको बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button