Trending
***तीन मुक्तक ****
कपीद जोशी
मिठो बोल्दा यहाँ झर्कने पनि छन
नजिक आउन नसकी तर्कने पनि छन
कस्तो निर्दयी समाजमा बस्छु म
पानी माग्दा मट्टितेल छर्कने पनि छन्
थाहै नपाई आँखाबाट आँसु झर्छन्
अरुलाई रुवाएर कोही दङ्ग पर्छन्
झूटो दिलाशा दिने हरु धेरै छन् यहाँ
त्यसैले सपना यहाँ पूरा नहुदै मर्छन्
मैले तिम्रो आँखामा आकाशगंगा देख्दा
तिमीले मेरो आँखामा तारा देखिनौ
जाल झेल गर्ने तिम्रो बानी रहेछ
त्यसैले साँचो प्रेमको कहानी लेखिनौ ।