–गजल–

–गजल–
चन्द्रप्रसाद न्यौपाने

दिक्दार गरायाे कसले यहाँ ?
कातीसरि चिप्ला ‘कस’ले यहाँ

ल्याङ्ल्याङ लफङ्गे दरिद्रले
याे राज सँभाल्याे जसले यहाँ

झाँक्री अनि केपी कति विज्ञ हुन् ?
साेचाइ विनाका त्यसले यहाँ

यी शासकमा देख्छु अयोग्य झन्
सामन्तहरूका यशले यहाँ

खाते सडके रे ! कति भन्दछाै ?
बाेल्छाै प्रिय केपी रसले यहाँ ?

त्याे जात र याे जात प्रचण्डजी
भिड्ने कति लिम्बू खसले यहाँ

याे राज्य तँ बिर्ता तँ सबै तँ नै
हाे हाे म भएँ हुन्छ, ‘हस’ले यहाँ

अदृश्य अहाे ! प्रेम कुमारका
वा ! प्रेमकुमारी वशले यहाँ

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button