हुलाक कार्यालयमा जनशक्ति, भौतिक सामग्री र बजेटको अभाव

दमौली खबर संवाददाता

दमौली, असोज २४  गते

जिल्ला हुलाक कार्यालय तनहुँमा जनशक्ति, भौतिक सामग्री र बजेटको अभाव रहेको छ । कार्यालयले मंगलबार दमौलीमा गरेको वार्षिक प्रगति सार्वजानिकीरण तथा सरोकारवाला कार्यक्रम सो जानकारी दिईएको हो । कार्यरत कर्मचारी विशेषत हलाकी हल्करा पत्रवितरक डाकवाहक अवकाश, राजीनामा मृत्यु लगायतले रिक्त हुँदै जाने तर सो ठाउमा नयाँ कमर्चारीको व्यवस्था नहुँदा समस्या परेको हुलाक अधिकृत मित्रलाल भट्टराईले बताउनुभयो ।

कार्यचाप अनुसार कर्मचारी नहुँदा कतिपय अतिरिक्त हुलाक कार्यालयमा एक जना कर्मचारीको भरमा सञ्चालन गर्नु परेको उहाँले बताउनुभयो । भानुनगपालिकाको मानेचौका एक जनाबाट सञ्चालन गर्नुपरेको भट्टराईले बताउनुभयो । आबुखैरेनी, डुम्रे, खैरेनीटार, दुलगौंडा जस्ता राजमार्ग छेउका अत्यन्त सवेदनशील हलाक कार्यालयमा कार्यासमयबाहेकको समय बाहेक पनि डॉक आदान प्रदान भए पनि जनशत्तिको अभाव भएको उहाँले जानकारी दिनुभयो । अतिरिक्त हुलाकमा कार्यचाप बढी तथा कर्मचारी अत्यन्त अभाव भएकाले प्रवाह प्रभावित भैरहेकोको कार्यालय जनाएको छ । हुलाक अधिकृत भट्टराईले भन्नुभयो, समग्रमा जनशक्ति अत्यन्त अभाव भएकोले पत्र वितरण दर्ता डॉक आदान प्रदान कार्यालय सञ्चाल व्यवस्थापनमा अत्यन्त कठिनाइ भएको छ ।’ श्रोतसाधन अभाव कार्यालय सञ्चालन–व्यवस्थापन र कर्मचारी परिचालनमा बजेट तथा कार्यक्रम सिमितका बाबजुद बैकल्पिक उपायबाट थप सुविधा दिई. सेवा प्रवाह गराउन समेत नसकिने अव रहेको उहाँले जानकारी दिनुभयो । हुलाकको नाममा विभिन्न स्थानमा रहेको जग्गा संरक्षणमा समेत बजेट अभावले समस्या परेको सार्वजानिकीकरण कार्यक्रममा जानकारी दिईएको थियो । कार्यालय राम्रोसँग सञ्चालन र व्यवस्थापन गर्न आवश्यक श्रोतसाधनको लागि बजेट अभाव परम्परादेखि चलिआएको जीर्ण पुराना सरसामान उपकरणको भरमा हुलाक सेवा सञ्चालन गर्नुपरिरहेको अवस्था रहेको समेत सो अवसरमा जानकारी दिईएको थियो । हुलाक भवन जग्गा सुरक्षा र सरक्षण खैरेनीटार ईलाका हलाकको भवन तथा जग्गा, बन्दीपुर हुलाकको नामको जग्गा, बैदी ईलाका हुलाकको नामको जग्गाहरु अतिक्रमण भवन वनाएको जानकारी दिईएको थियो । यस्तै ऋषिङ रानीपोखरी ईलाका हुलाकको जग्गा पनि सुरक्षामा समस्या परेको सो अवसरमा जानकारी दिईएको थियो ।

Show More

Related Articles

Back to top button