तनहुँमा ६२ जनाको उम्मेदवारी कुनै पनि उम्मेदवारलाई उजुरी परेन

दमौली खबर संवाददता
दमौली, असोज २४ ।
तनहुँ असोज २४ गते । तनहुँबाट प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यमा कुनै पनि उम्मेदवारको विरुद्ध उजुरी परेको छैन । ६२ जनाले उम्मेदवारी दिएको दर्ता गरेको कुनै उम्मेदवार विरुद्ध उजुरी नपरेको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनु भयो ।
निर्वाचन कार्यतालिका बमोजिम सोमबार उम्मेदवार उपर उजुरी गर्न सकिनेमा कसैप्रति पनि उजुरी नपरेको कार्यालयले जनाएको छ । तनहुँको क्षेत्र नम्बर १ मा प्रतिनिधी सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिनु भएका गोविन्दराज जोशी विरुद्ध उजुरी पर्ने आशंका गरिएको थियो । २०७४ मा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उजुरीमा जोशीको उम्मेदवारी खारेज भएको थियो ।
तनहुँमा ९ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ भने ४ जना महिलाले समेत उम्मेदवारी दर्ता गरेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा प्रतिनिधी सभाको २ सिट र प्रदेश सभाका लागि ४ सिट गरि जम्मा ६ जना उम्मेदवार निर्वाचित हुनेछन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जिल्लामा २ लाख ४८ हजार ४९५ जना मतदाता रहेको जानकारी दिनुभयो । स्थानीय तह निर्वाचनपछि जिल्लामा ४ हजार १५५ मतदाता थपिएको उहाँले बताउनुभयो । तनहुँमा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ४९० र तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख २५ हजार ५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button