सत्यवति माविमा शैक्षिक भ्रमण गर्नेको ओइरो

जिल्लाको नुमना विद्यालय सत्यवति माविमा विहिबार स्याङजाको वालिङ १ स्थित रणविर जनहित माविको टोलीले अवलोकन गरेको छ । जिल्लामा रहेका निजी विद्यालयहरूसँग शैक्षिक तथा भौतिक पूर्वाधारमा जमेर प्रतिस्पर्धा गरिरहेको विद्यालयबाट राम्रा अभ्यास सिको गर्ने उद्देश्यले आएको टोलीले विब्यस, अभिभावकको नियमित अनुगमन, शिक्षकको सामुहिक सहकार्य,प्रयाप्त भौतिक पूर्वाधार, लोभलाग्दो शैक्षिक प्रगति, विद्यार्थीमैत्री संरचना लगाएत लोभलाग्दो प्रगति देखेर दंग परे ।

रणविर माविका प्रअ लक्ष्मी रेग्मीको नेतृत्वमा आएको ४५ जनाको शिक्षकलाई विद्यालयमा स्वागतसँगै शैक्षिक अभ्यास र शिक्षकको सामुहिक सहकार्यको नमुना समेत प्रस्तुत गरिएको थियो । अवलोकन भ्रमणको क्रममा विद्यालयमा अभिभावक र शिक्षकको नियमित सहकार्यले शैक्षिक नतिजामा सुधारका अभ्यास उत्कृष्ट लागेको प्रअ रेग्मीले बताए । ‘शिक्षकको मात्रै प्रयासले विद्यालयको प्रगति हुदैन्,‘अभिभावकको निगरानीले पनि ठूलो भूमिका खेल्छ’ प्रअ रेग्मीले भने । उनले सानो ठाउँ भएपनि पूर्वाधार सहित विद्यार्थीको आर्कषण देखेको बताए ।

उनले आफ्नो विद्यालयका राम्रा अभ्यासलाई समेत जानकारी गराएका थिए भने नयाँ अभ्यासलाई विद्यालयमा लागु गर्ने बताए । भ्रमणको क्रममा सत्यवति माविका प्रअ ईन्द्रप्रसाद पौडेलले सामुदायिक विद्यालयबिचको सहकार्यलाई बलियो बनाउनुपर्नेे बताए । उनले बजारको भन्दा पनि विद्यार्थी ग्रामीण केन्द्रीतका आउने गरेको बताए । उनले विद्यार्थीको चाप अनुसारको पुर्वाधार नहुदाँ प्रवेश परीक्षा लिनुपर्ने बाध्यता रहेको समेत बताए । उनले भने,‘विद्यार्थीको आकार्षणले चाप बढेको छ । हामीले पूवर्धार थप्दै गईरहेका छौं । ’

नमुना विद्यालयमा छनोट भए सँगै देशभरबाट सयौं विद्यालयले भ्रमण गरेका छन् । शैक्षिक अवलोकनमा आएकालाई चालु बर्षको एसइइको श्रेणीगत नतिजा, तिनबर्ष भित्रको एसएलसी उत्र्तिणा प्रतिशत, विद्यालय स्तरिकरण (भौतिक पुर्वाधार, मानविय स्रोत), कक्षा ९ मा भर्ना भएका विद्यार्थीको संख्या र एसएसलीमा उत्र्तिणा संख्या र चालु एसएलसी उत्र्तिणा प्रतिशत, अंग्रेजी माध्यमबाट अध्ययन, आन्तरिक स्रोतको प्रयोग, अभिभावको निगरानी, सिकाई उपलब्धी, कक्षाकोठा सजावट, शिक्षक र अभिभावक विचको सम्बन्ध, कक्षा कोठाको निगरानीमा सिसी क्यामेराको जडान लगायत विभिन्न गतिविधिलाई डिजिलट माध्यमबाट प्रस्तुत गर्ने गरिन्छ ।

जिल्लामा शैक्षिक भ्रमणमा आउनेलाई जिल्लाका पर्यटकीयस्थलका बारेमा समेत जानकारी गराउने गरिएको छ । हाल विद्यालयमा एक देखि १२ सम्म पठनपाठन हुन्छन् । सत्यवति मावि शैक्षिक क्षेत्रमा मात्र नभई खेलकुद क्षेत्रमा पनि अगाडी छ । व्यास नगरपालिकाले आयोजना गदै आईरहेको राष्ट्रपति रनिङ शिल्ड, मेयर कप, लगायत विभिन्न खेलकुद प्रतियोगितामा सधै विजयी हुदै आएको सहायक प्र.अ अशोक गिरीले बताए । उनले भने,‘शैक्षिक क्षेत्र मात्र होइन, खेलकुद क्षेत्रमा पनि हामी अगाडी छौं । शिक्षा सँगै खेलकुदलाई पनि सँगै लैजान आवश्यक छ । ’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button